Logo

मंगलवार, कार्तिक २५ गते २०८३

images
२०८३, कार्तिक २५ गते
images

एसइई नतिजा असार तेस्रो साता सार्वजनिक हुने

एसइई नतिजा असार तेस्रो साता सार्वजनिक हुने

images

इच्छाकामना न्युज

४, आषाढ २०८२
एसइई नतिजा असार तेस्रो साता सार्वजनिक हुने
images

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा असार तेस्रो साताभित्र सार्वजनिक गर्ने तयारी गरेको छ। सामान्यतया असार पहिलो सातामै सार्वजनिक हुने एसइई नतिजा यसपटक केही ढिलो हुने भएको हो।

चैत २० गतेदेखि २९ दिनसम्म देशभरका शिक्षकहरूले गरेको आन्दोलनका कारण उत्तरपुस्तिका परीक्षण प्रक्रिया ढिलो भएकाले नतिजा सार्वजनिक मिति पनि पछाडि सरेको हो। परीक्षा नियन्त्रक डा.गणेशप्रसाद भट्टराईका अनुसार अहिले उत्तरपुस्तिका परीक्षण अन्तिम चरणमा पुगेको छ।

‘बिहानदेखि बेलुकासम्म कर्मचारी परिचालन गरेर परीक्षणको काम भइरहेको छ। केही स्थानमा परीक्षण बाँकी छ,’ उनले बताए, ‘सबै परीक्षण सकिएपछि उत्तर डेटा इन्ट्री, रुजु र त्रुटिहीन प्रक्रिया पूरा गरेर नतिजा सार्वजनिक गरिनेछ।’

गत चैत ७ गतेदेखि सञ्चालन भएको एसइई परीक्षामा नियमिततर्फ ४ लाख ३१ हजार ४६६ र ग्रेड वृद्धि तर्फ ६७ हजार ७१५ जना गरी कुल ४ लाख ९९ हजार १८३ विद्यार्थी सहभागी भएका थिए। परीक्षा बोर्डका अनुसार समयमै सबै प्रक्रिया सम्पन्न भएमा नतिजा असारको दोस्रो साताको अन्त्यतिर वा तेस्रो साताको सुरुवातमै सार्वजनिक गर्ने लक्ष्य राखिएको छ।

images
प्रकाशित मिति :आषाढ ४, २०८२ बुधवार - २२:२२:५८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology