Logo

मंगलवार, कार्तिक ११ गते २०८३

images
२०८३, कार्तिक ११ गते
images

बि एण्ड बि ग्रुपद्वारा सेवा विस्तार : Huyndai र BMW विद्युतीय सवारी चार्जिङ्ग पोइन्ट

बि एण्ड बि ग्रुपद्वारा सेवा विस्तार : Huyndai र BMW विद्युतीय सवारी चार्जिङ्ग पोइन्ट

images

इच्छाकामना न्युज

१, आषाढ २०८२
बि एण्ड बि ग्रुपद्वारा सेवा विस्तार : Huyndai र BMW विद्युतीय सवारी चार्जिङ्ग पोइन्ट
images

चितवन, चुम्लिङटार । स्थानीय स्तरमा व्यवसायिक नवीनता र सेवाको दायरा विस्तार गर्दै आइरहेको बि एण्ड बि ग्रुपले अबदेखि आफ्नो प्राङ्गणबाट नयाँ सेवा शुभारम्भ गरेको छ। एल.आई. कार केयर प्रा.लि. सँगको सहकार्यमा Huyndai र BMW ब्रान्डका विद्युतीय सवारी साधनहरूका लागि आधुनिक चार्जिङ्ग पोइन्टको सुविधा उपलब्ध गराइएको हो।

सेवाको थालनीसँगै ग्राहकहरूले बि एण्ड बि ग्रुपको प्राङ्गणकाे एकै ठाउँबाट सहज रूपमा मोटरसाइकल मर्मत तथा बिक्री सेवा✅बि एण्ड बि कटेज अन्तर्गत आवास तथा खानपान सेवा✅Huyndai र BMW विद्युतीय सवारी चार्जिङ्ग सुविधा लिनसक्ने स्थानीय उद्यमी तथा बि एण्ड बि ग्रुपका प्रमुख हेमन्तमणी सापकोटाकाले जानकारी दिए।

आधुनिक प्रविधिसँग मेल खाने सेवा विस्तार गर्दै जाने उद्देश्यसहित यो नयाँ सुविधा सुरू गरिएको सञ्चालन सापकोटाले बताएका छन्। आगामी दिनहरूमा ग्राहकको आवश्यकता र सहजतालाई ध्यानमा राख्दै थप सेवा विस्तार गर्ने योजना रहेकाे जनाइएको छ।

सफा वातावरण र दिगो भविष्यतर्फको यात्रामा योगदान पुर्‍याउने उद्देश्यले सञ्चालनमा ल्याइएको यो चार्जिङ्ग सेवा विद्युतीय सवारी प्रयोगकर्ताका लागि एक महत्वपूर्ण अवसर सावित हुने विश्वास गरिएको छ।

images
प्रकाशित मिति :आषाढ १, २०८२ आइतवार - २२:४१:१४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology