Logo

मंगलवार, कार्तिक २५ गते २०८३

images
२०८३, कार्तिक २५ गते
images

नेपालमै पहिलोपटक चितवनमा आजदेखि रक्तदान महोत्सव सुरु हुदै

नेपालमै पहिलोपटक चितवनमा आजदेखि रक्तदान महोत्सव सुरु हुदै

images

इच्छाकामना न्युज

३१, जेठ २०८२
नेपालमै पहिलोपटक चितवनमा आजदेखि  रक्तदान महोत्सव सुरु हुदै
images

चितवन । ब्लड डोनर्स सोसाइटी नेपाल, चितवन शाखाको आयोजनामा आजदेखि नेपालमै पहिलोपटक रक्तदान महोत्सव हुने भएको छ । अन्तर्राष्ट्रिय रक्तदाता दिवसको अवसर पारेर भरतपुरस्थित चितवन औद्योगिक प्रदर्शनी केन्द्रमा रक्तदान महोत्सव हुन लागेको हो ।

आयोजक ब्लड डोनर्स सोसाइटी चितवनले एकैदिन एक हजार ५ सय पिन रगत संकलन गर्ने गरी महोत्सवको तयारी गरिएको जनाएको छ । सोसाइटीका अध्यक्ष एकराज बुर्लाकोटीले नयाँ युवा रक्तदाताहरुलाई रक्तदान कार्यमा सरिक बनाई नियमित रक्तदाताका रुपमा उत्प्रेरित गर्ने गरी यो महोत्सव आयोजना गरिएको बताउनुभयो ।

नयाँ रक्तदातालाई आकर्षित गर्न विभिन्न उपहार योजना समेत ल्याईएको छ । महोत्सवमा निःशुल्क स्वास्थ्य शिविर, रक्त समूह परीक्षण, प्रभातफेरि कार्यक्रम राखिएको छ । यस्तै गत आर्थिक वर्षभित्रमा एक सय भन्दा बढी पिन रगत संकलन गर्ने संघसंस्था र व्यक्तिहरुलाई पनि विशेष सम्मान गर्ने कार्यक्रम राखिएको छ ।

ब्लड डोनर्स सोसाइटी नेपालका केन्द्रीय अध्यक्ष अर्जुन अधिकारीले चितवनमा आवश्यक रगतको आधारमा यो महोत्सव आयोजना गरिएको बताउनुभयो । उहाँले चितवनमा आवश्यकता भन्दा बढी रगत संकलन भएमा छिमेकी जिल्लाहरुमा पठाउने तयारी भइरहेको बताउनुभयो । चितवनमा हाल दैनिक डेढ सय पिन रगत आवश्यक हुने गरेको भन्दै महोत्सवमा संकलन हुने १५ सय पिन रगत यही खपत हुने प्रादेशिक रक्तसंचार केन्द्र भरतपुरका प्रमुख रमेशकान्त पौडेलले जानकारी दिनुभयो ।

मानिसको शरिरबाट तीन तीन महिनामा खेर जाने रगतलाई दान गर्दा शरिरलाई फाइदा हुने फिजिसियन डाक्टर भोजराज अधिकारीले बताउनुभयो । उहाँका अनुसार नियमित औषधि सेवन गर्ने र दिर्घरोगी बाहेक १८ बर्षदेखि ६५ वर्ष उमेर समुहका मानिसले रक्तदान गर्न मिल्ने छ । ब्लड डोनर्स सोसाइटी चितवनले सो दिन रक्तदान गर्ने रक्तदातालाई पुरस्कारको समेत व्यवस्था गरेको छ ।

सोसाईटीका अनुसार , रक्तदाताहरुका बीचमा चिठ्ठा प्रतियोगिता मार्फत सोफा सेट, मौलाकालिका केबुलकारका टिकट, मोबाइल, मदन पुरस्कार सहितका पुस्तकहरुको प्याकेज, होल बढी चेकअपका टिकट, कोट सेट मिक्चर लगायतका लगायतका आकर्षण पुरस्कार रहेका छन् ।

images
प्रकाशित मिति :जेठ ३१, २०८२ शनिवार - ०८:०७:१२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology