Logo

मंगलवार, कार्तिक २५ गते २०८३

images
२०८३, कार्तिक २५ गते
images

अनेरास्ववियुको अध्यक्षमा कडरिया र महासचिवमा धामी विजयी, अन्य को-को भए निर्वाचित ?

अनेरास्ववियुको अध्यक्षमा कडरिया र महासचिवमा धामी विजयी, अन्य को-को भए निर्वाचित ?

images

इच्छाकामना न्युज

३०, जेठ २०८२
अनेरास्ववियुको अध्यक्षमा कडरिया र महासचिवमा धामी विजयी, अन्य को-को भए निर्वाचित ?
images

काठमाडौं । नेकपा (एमाले) निकट विद्यार्थी संगठन अनेरास्ववियुले कडा प्रतिस्पर्धात्मक चुनावी दौडपछि नयाँ नेतृत्व पाएको छ । कीर्तिपुरमा सम्पन्न २४ औं राष्ट्रिय महाधिवेशनबाट डा. सुजन कडरिया आफ्ना प्रतिस्पर्धी प्रकाश पौडेललाई जम्मा ७ मतको झिनो अन्तरले पराजित गर्दै अध्यक्षमा निर्वाचित भएका हुन् ।

बिहीबार विद्युतीय मेसिनमार्फत भएको मतदानको राति अबेर सार्वजनिक अन्तिम मत परिणाम अनुसार, अध्यक्षमा विजयी कडरियाले ७३२ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी पौडेलले ७२४ मतमा चित्त बुझाउनु पर्‍यो । अध्यक्षको दौड जस्तै अन्य प्रमुख पदहरूमा पनि प्रतिस्पर्धा देखिएको थियो । खुला उपाध्यक्षमा विकास श्रेष्ठ (७०८ मत) र महिला उपाध्यक्षमा अञ्जना सिवाकोटी (७७५ मत) विजयी भएका छन् ।

संगठनको कार्यकारी पद महासचिवमा दिपक धामीले ७८५ मतका साथ जित हासिल गर्दा उपमहासचिवमा कमलले ८१६ मत प्राप्त गरी आफ्नो स्थान सुरक्षित गरे । त्यसैगरी, चार सचिव पदका लागि भएको निर्वाचनमा आकाश घर्ती मगर (३६०), रचना सापकोटा (३०४), समिम बाबु खान (२७३) र गोपाल नेपाल (२६८) मतका साथ विजयी भएका छन् ।

महाधिवेशनले केन्द्रीय पदाधिकारीसँगै विभिन्न तीन महत्वपूर्ण आयोगको नेतृत्व पनि निर्वाचनबाटै टुंगो लगाएको छ । जसअनुसार :- निर्वाचन आयोग: अध्यक्षमा जित प्रसाद सिटौला, उपाध्यक्षमा प्रविन गिरी र सचिवमा विशाल पराजुली । लेखा आयोग: अध्यक्षमा अञ्जलि लम्साल, उपाध्यक्षमा समीक्षा ढकाल र सचिवमा गगनसिंह बस्नेत । अनुशासन आयोग: अध्यक्षमा सुमन घिमिरे, उपाध्यक्षमा आकाश गिरी र सचिवमा स्मृति अधिकारी । नीति तथा अनुसन्धान आयोग: अध्यक्षमा प्रकाश विष्ट, उपाध्यक्षमा योगेश बम र सचिवमा विष्णु पाण्डे ।

जेठ २५ गतेदेखि त्रिभुवन विश्वविद्यालय परिसरमा सुरु भएको महाधिवेशनको बन्दसत्र लम्बिएपछि बिहीबार नेतृत्व चयनका लागि मतदान भएको थियो । १५५१ मतदातामा रहेको अखिलमा १४५० मत खसेको थियो । विद्युतीय मेसिनमार्फत मतदान भएको हो ।

images
प्रकाशित मिति :जेठ ३०, २०८२ शुक्रवार - ०६:२२:४३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology