Logo

मंगलवार, कार्तिक २५ गते २०८३

images
२०८३, कार्तिक २५ गते
images

तीनकुने घटना : ३२ जनालाई रिहा गर्न अदालतको आदेश, दुर्गा प्रसाईंसहित ७ जना थुनामा

तीनकुने घटना : ३२ जनालाई रिहा गर्न अदालतको आदेश, दुर्गा प्रसाईंसहित ७ जना थुनामा

images

इच्छाकामना न्युज

३०, जेठ २०८२
तीनकुने घटना : ३२ जनालाई रिहा गर्न अदालतको आदेश, दुर्गा प्रसाईंसहित ७ जना थुनामा
images

काठमाडाैं | काठमाडौंको तीनकुनेमा गत चैत १५ गते भएको राजावादी आन्दोलनका क्रममा भएको घटनामा संलग्न ७ जनालाई काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ।

मेडिकल व्यवसायी तथा आन्दोलनका अगुवा दुर्गा प्रसाईंसहित सात जनालाई अदालतले आपराधिक उपद्रवको कसुरमा थुनामा पठाउने आदेश गरेको हो। जसमा सरोज गौतम, गोकर्ण शाही, डण्डपाणि रेग्मी, शुसिल बराल, केशव बस्नेत र जित बहादुर श्रेष्ठ रहेका छन् ।

बिहीबार मध्यराति जिल्ला अदालतका न्यायाधीश ध्रुवराज कार्कीको इजलासले थुनामा रहेका बाँकी ३२ जना प्रतिवादीलाई भने धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको छ। जिल्ला अदालतका सूचना अधिकारी दीपक कुमार श्रेष्ठका अनुसार हिरासतमा रहेका ३९ जना प्रतिवादीमध्ये बाँकी ३२ जनालाई धरौटीमा छोड्न आदेश दिइएको र उनीहरूमाथि आपराधिक उपद्रवसम्बन्धी मुद्दा मात्र दायर गरिएको थियो।

काठमाडौं जिल्ला अदालतमा जेठ ११ गतेदेखि सुरु भएको थुनछेक बहस बिहीबार सकिएको थियो । लगत्तै अदालतले राति अबेर आदेश दिएको हो ।

images
प्रकाशित मिति :जेठ ३०, २०८२ शुक्रवार - ०६:१८:२९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology