Logo

मंगलवार, कार्तिक २५ गते २०८३

images
२०८३, कार्तिक २५ गते
images

आज पहाडी भेगमा चट्याङसहित वर्षाको सम्भावना

आज पहाडी भेगमा चट्याङसहित वर्षाको सम्भावना

images

इच्छाकामना न्युज

२३, जेठ २०८२
आज पहाडी भेगमा चट्याङसहित वर्षाको सम्भावना
images

काठमाण्डौ । हिजो बेलुकादेखि बिहानसम्म देशका विभिन्न ठाउँमा पानी परिरहेकामा अहिले भने काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा घाम लागेको छ । देशको पश्चिम र मध्य भूभागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव कायमै छ । कोशी प्रदेशका धेरै ठाउँमा भने मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज दिउँसो मधेस प्रदेश बाहेक सबै प्रदेशको पहाडी क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही केही ठाउँहरुमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । तर कतै पनि बाढी आउने गरी ठूलो पानी  भने नपर्ने मौसमविद् विनु महर्जनले बताउनुभयो ।

आजभन्दा भोलि र भोलिभन्दा पर्सि पानी कम पर्ने उहाँको भनाइ छ । महाशाखाले १० मिलिमिटरसम्मलाई हल्का वर्षा र १० देखि ५० मिलिमिटरसम्मको वर्षालाई मध्यम वर्षा भन्ने गरेको छ । ५० मिलिमिटरभन्दा धेरै तर एक सय मिलिमिटरभन्दा कमको वर्षा भएमा त्यसलाई भारी वर्षा भन्ने गरिन्छ । 

images
प्रकाशित मिति :जेठ २३, २०८२ शुक्रवार - ०८:३२:२१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology