Logo

मंगलवार, कार्तिक २५ गते २०८३

images
२०८३, कार्तिक २५ गते
images

तीन दिनको सास्तीपछि सार्वजनिक यातायात नियमित सञ्चालनमा

तीन दिनको सास्तीपछि सार्वजनिक यातायात नियमित सञ्चालनमा

images

इच्छाकामना न्युज

२१, जेठ २०८२
तीन दिनको सास्तीपछि सार्वजनिक यातायात नियमित सञ्चालनमा
images

काठमाडौं । तीन दिनदेखि ठप्प रहेको सार्वजनिक यातायात सेवा बुधबार बिहानैदेखि पुनः सञ्चालनमा आएको छ । यातायात व्यवसायी महासंघ र सरकारबीच मंगलबार भएको निर्णायक वार्तामा सहमति जुटेसँगै व्यवसायीले आफ्ना सम्पूर्ण आन्दोलनका कार्यक्रम फिर्ता लिएका हुन् ।

मंगलबार साँझ गण्डकी प्रदेश सरकारले विवादास्पद ‘राइड शेयरिङ नियमावली’ एक महिनाका लागि स्थगित गर्ने निर्णय गरेपछि यातायात व्यवसायीहरू आन्दोलन फिर्ता लिन सहमत भएका थिए । उक्त राइड शेयरिङ नियमावली तत्काल खारेज गर्नुपर्ने मुख्य माग राख्दै यातायात व्यवसायीहरूले गत जेठ १९ गतेदेखि देशभर सार्वजनिक यातायातका साधनहरू सञ्चालनमा नल्याउने घोषणा गरेका थिए, जसका कारण लाखौं यात्रुहरूले सास्ती व्यहोर्नुपरेको थियो ।

आन्दोलन फिर्ता भएसँगै काठमाडौं उपत्यकाभित्र गुड्ने तथा उपत्यका बाहिर जाने छोटो तथा लामो दूरीका सबै प्रकारका सार्वजनिक सवारी साधनहरू आज बिहानैदेखि नियमित रूपमा सञ्चालनमा आएका छन्। यसले गर्दा विशेषगरी काठमाडौंको नयाँ बसपार्क लगायतका प्रमुख स्थानहरुमा यात्रुहरूको चहलपहल ह्वात्तै बढेको छ भने आम नागरिकले राहत महसुस गरेका छन् ।

सहमति अनुसार, एक महिनाभित्र राइड शेयरिङ सम्बन्धी विद्यमान समस्या र व्यवसायीका अन्य मागहरूलाई सम्बोधन गर्न थप छलफल गरिने बताइएको छ । यस अवधिसम्मका लागि नियमावली स्थगित भएसँगै यातायात क्षेत्रमा देखिएको तीन दिने गतिरोध अन्त्य भएको हो ।

images
प्रकाशित मिति :जेठ २१, २०८२ बुधवार - ०८:५५:२७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology