Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

प्रहरीले विप्लव समूहको सप्तरी जिल्ला इन्चार्ज सहित ३ जनालाई पक्राउ ग¥यो

प्रहरीले विप्लव समूहको सप्तरी जिल्ला इन्चार्ज सहित ३ जनालाई पक्राउ ग¥यो

इच्छाकामना न्युज

१५, फाल्गुण २०७७
प्रहरीले विप्लव समूहको सप्तरी जिल्ला इन्चार्ज सहित ३ जनालाई पक्राउ ग¥यो
images

सप्तरी, १५ फागुन । सप्तरीबाट प्रहरीले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका जिल्ला जनसत्ता प्रमुखसहित तीन जनालाई पक्राउ गरेको छ ।

images
images

पक्राउ पर्नेहरुमा खडग नगरपालिका–३ बानरझुलाका सप्तरी जिल्ला जनसत्ता प्रमुख रामनाथ मण्डल, राजविराज नगरपालिका–४ का उदय भनिने उदयनाथ मण्डल तथा विष्णुपुर गाउँपालिका–१ का सप्तरी सिरहा सदस्य रामकृष्ण मण्डल रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायव उपरीक्षक (डिएसपी) भुवनेश्वर साहकाअनुसार उदय मण्डललाई राजविराजस्थित घरबाटै शुक्रबार साँझ र दुई जनालाई शुक्रबार राति नै नियन्त्रणमा लिएको हो ।

उनीहरुबाट चन्दा माग गर्न प्रयोग गर्ने सिमसहितको एक थान मोबाइल, अन्य सिमसहितको ३ थान मोबाइल र केही दस्तावेजहरु बरामद गरिएको डिएसपी साहले बताए ।

images
प्रकाशित मिति :फाल्गुण १५, २०७७ शनिवार - १३:४७:१४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology