Logo

आइतवार, कार्तिक ३० गते २०८३

images
२०८३, कार्तिक ३० गते
images

अमेरिकामा फेसबुक/टिकटकमार्फत गालीगलौज र घृणा फैलाएको आरोपमा मिन गुरुङ पक्राउ

अमेरिकामा फेसबुक/टिकटकमार्फत गालीगलौज र घृणा फैलाएको आरोपमा मिन गुरुङ पक्राउ

images

इच्छाकामना न्युज

१७, जेठ २०८२
अमेरिकामा फेसबुक/टिकटकमार्फत गालीगलौज र घृणा फैलाएको आरोपमा मिन गुरुङ पक्राउ
images

काठमाडौँ । अमेरिकामा बस्दै आएका नेपाली मूलका मिन गुरुङ पक्राउ परेका छन् । सामाजिक सञ्जालमार्फत घृणा फैलाउने, धम्की दिने र मानहानी गर्ने कार्यमा संलग्न भएको आरोपमा उनलाई अमेरिकी आप्रवासन तथा भन्सार प्रवर्तन निकायले मे २१ मा नियन्त्रणमा लिएको हो ।

हाल उनी पश्चिम भर्जिनियाको हन्टिङ्टनस्थित हिरासत कक्षमा रहेको बताइएको छ । गुरुङ लामो समयदेखि टिकटकलगायत विभिन्न सामाजिक सञ्जालमा सक्रिय थिए । उनलाई भिडिओहरूमा नेपाली तथा भुटानी समुदायलाई लक्षित गर्दै गालीगलौज र धम्की दिने सामग्रीहरू प्रसारण गरेको आरोप लागेको छ ।

उनको यस्तो कार्यले सामाजिक सद्भावमा नकारात्मक असर पारेको भन्दै नेपाली तथा भुटानी समुदायहरूले विरोध जनाएका थिए । प्राप्त उजुरीका आधारमा गरिएको प्रारम्भिक अनुसन्धानपछि गुरुङलाई उक्त निकायले नियन्त्रणमा लिएको हो । निकायका अनुसार गुरुङमाथि आप्रवासन कानुन उल्लंघन, घृणात्मक अभिव्यक्ति, र समुदायबीच वैमनस्यता फैलाएको आरोप लागेको छ ।

उनलाई चाँडै आप्रवासन अदालतमा उपस्थित गराइने भएको छ । टिकटकमा गुरुङको गिरफ्तारीसम्बन्धी समाचार फैलिएपछि धेरै प्रयोगकर्ताले यसबारे आफ्नो धारणा राखिरहेका छन् ।

images
प्रकाशित मिति :जेठ १७, २०८२ शनिवार - ०९:०९:५४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology