Logo

मंगलवार, कार्तिक २५ गते २०८३

images
२०८३, कार्तिक २५ गते
images

कुखुरा मासुको मूल्य घट्यो

कुखुरा मासुको मूल्य घट्यो

images

इच्छाकामना न्युज

१६, जेठ २०८२
कुखुरा मासुको मूल्य घट्यो
images

१६ जेठ, काठमाडौं । बजारमा आज शुक्रबारदेखि लागु हुने गरी कुखुरा मासुको मूल्य घटेको छ ।

राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघ अध्यक्ष जंगबहादुर बीसीले कुखुरा मासुको मूल्य किलोमा १० रुपैयाँदेखि १५ रुपैयाँसम्म घटेको जानकारी दिए । बीसीका अनुसार जिउँदो कुखुरामा प्रतिकिलो १० रुपैयाँ घटेर २ सय ५० रुपैयाँ कायम भएको छ ।

यसअघि जिउँदो कुखुरा किलोको २ सय ६० रुपैयाँ थियो । यस्तै तयारी कुखरा मासुको मूल्य पनि घटेको छ । तयारी मासु प्रतिकिलो १५ रुपैयाँले घटेको हो ।

यसअघि ३ सय ८० रुपैयाँ रहेको तयारी मासुको मूल्य ३ सय ६५ रुपैयाँमा झरेको अध्यक्ष बीसीले बताए । गर्मीमा मासु खपत कम हुने हुँदा मूल्य घटेको उनले बताए । ‘अहिले माग कम छ, गर्मीमा मागभन्दा बढी उत्पादन भएका कारण मूल्य घटेको हो,’ संघ अध्यक्ष बीसीले भने ।

images
प्रकाशित मिति :जेठ १६, २०८२ शुक्रवार - १९:१५:४२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology