Logo

आइतवार, कार्तिक ३० गते २०८३

images
२०८३, कार्तिक ३० गते
images

क्ल्हेप्री समूहबाट क्होइबो निर्माणको लागि ६७ हजार ४ सय ७५ रुपैयाँ आर्थिक सहयोग

क्ल्हेप्री समूहबाट क्होइबो निर्माणको लागि ६७ हजार ४ सय ७५ रुपैयाँ आर्थिक सहयोग

images

इच्छाकामना न्युज

१६, जेठ २०८२
क्ल्हेप्री समूहबाट क्होइबो निर्माणको लागि ६७ हजार ४ सय ७५ रुपैयाँ आर्थिक सहयोग
images

चितवन, १६ जेष्ठ । क्ल्हेप्री समूहले क्होइबो निर्माणको लागि ६७ हजार ४ सय ७५ रुपैयाँ आर्थिक सहयोग गरेको छ ।

तमु प्ये ल्हु संघ चितवनद्वारा सञ्चालन गरिएको ‘क्होइबो निर्माणार्थ जमिन खरिद महाअभियान २०८१’ मा गोरखा जिल्ला सिरानचोकस्थित क्ल्हेप्री समूहले रु ६७,४७५/- (अक्षरूपी – सत्सट्ठी हजार चार सय पचहत्तर रुपैयाँ) आर्थिक सहयोग प्रदान गरेको छ।

यो अभियान तमु समुदायको सांस्कृतिक, सामाजिक तथा धार्मिक आस्थासँग गाँसिएको गौरवपूर्ण परियोजना हो। अभियान सफल बनाउन देश तथा विदेशमा रहेका तमु समुदायका व्यक्तिहरूले आर्थिक, नैतिक तथा भौतिक सहयोग जनाइरहेका छन्।

तमु प्ये ल्हु संघ चितवनका अध्यक्ष बिक्रम च्हम्रु गुरुङले सहयोगप्रति आभार प्रकट गर्दै समुदायको एकता र योगदानले क्होइबो निर्माण सपना चाँडै साकार हुने विश्वास व्यक्त गरे।

संघले आगामी दिनहरूमा पनि अभियानलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता जनाएको छ।

images
प्रकाशित मिति :जेठ १६, २०८२ शुक्रवार - १८:२५:३३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology