Logo

आइतवार, कार्तिक ३० गते २०८३

images
२०८३, कार्तिक ३० गते
images

धर्मध्वज टोल आमा समूहको स्थापना : दिवसमा विभिन्न विधामा सम्मान

धर्मध्वज टोल आमा समूहको स्थापना : दिवसमा विभिन्न विधामा सम्मान

images

इच्छाकामना न्युज

१६, जेठ २०८२
धर्मध्वज टोल आमा समूहको स्थापना : दिवसमा विभिन्न विधामा सम्मान
images

नारायणगढ । क्षेत्रपुरस्थित धर्मध्वज टोल आमा समूहले विभिन्न व्यक्तिहरुलाई सम्मान गरेको छ । समूहको पहिलो स्थापना दिवसको अवसरमा समूहको स्थापनादेखि विभिन्न भूमिका निर्वाह गर्दै आएका व्यक्तिहरुका साथै विभिन्न संस्थामा प्रतिनिधित्व गर्दै आएका व्यक्तिहरुलाई सम्मान गरिएको हो ।

समूहले तमू ह्युल छोंज धीं गुरूङ राष्ट्रिय परिषद् चितवनकी अध्यक्ष विमलादेवी गुरूङ, तमू प्ये ल्हु संघ चितवनका अध्यक्ष विक्रम च्हम्रु तमू र नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) चितवनका अध्यक्षसमेत रहेका चितवन पोष्टकर्मी तुलमान गुरूङलाई सम्मान गरिएको हो ।

यसैगरी, संस्थाका सल्लाहकारहरु कृष्णमाया गुरूङ, राजकुमारी घले र माया गुरूङलाई पनि संस्था सञ्चालनमा योगदान दिएको भन्दै सम्मान गरिएको थियो । संस्थाले अनुशासन विधामा गौरीमाया गुरूङ, समय व्यवस्थापन विधामा कुमारी गुरूङ र मनोरञ्जन विधामा रत्न गुरूङलाई पनि कदरस्वरुप सम्मान गरिएको संस्थाकी अध्यक्ष उमिता गुरूङले जानकारी दिइन् ।

त्यसबाहेक गत वर्षको तमू ल्होसारको बेला आयोजना गरेको तातो आलु खेलमा बिजयी भएका प्रतिस्पर्धीहरुलाई पुरस्कार प्रदान गरिएको थियो । उक्त खेलमा प्रथम हुन सफल रेनु गुरूङ र द्वितीय हुन सफल मञ्जु गुरूङलाई पुरस्कार प्रदान गरिएको थियो । तमू ह्युल छोंज धीं चितवनकी अध्यक्ष विमलादेवी गुरूङले गुरूङ महिलाहरुको एकताको प्रभावमा धर्मध्वज टोल आमा समूह गठन भएको बताउँदै तमू ह्युल छोंज धींलाई थप बलियो बनाउन यस्तै संस्थाहरुको भूमिका मह¤वपूर्ण हुने बताइन् ।

तमू प्ये ल्हु संघ चितवनका अध्यक्ष विक्रम च्हम्रु तमूले संस्थागत जानकारी गराउँदै तमू प्ये ल्हु संघ चितवनलाई बलियो बनाउनका लागि पनि धर्मध्वज टोल आमा समूहले सहयोगी भूमिका निर्वाह गर्दै आएको बताए । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ चितवनका अध्यक्ष तुलमान गुरूङले गणतन्त्र दिवसको दिनमा स्थापना भएको संस्थाले गणतन्त्र प्राप्तिपछिको उपलब्धिलाई आत्मसात् गर्दै अगाडि बढेको बताए ।

स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा सांस्कृतिक कार्यक्रम सञ्चालन गरेर मनोरञ्जनसमेत प्रदान गरिएको थियो । यसअघि बिहान क्षेत्रपुरस्थित ब्राइट स्टार सोसाइटी नामक आश्रममा खाद्यान्न सहयोग गरेको समूहकी सचिव गौरी गुरूङले जानकारी दिइन् । २०८१ जेठ १५ गते स्थापना भएको समूहमा एक वर्षमा ३९ सदस्य आबद्ध छन् ।

images
प्रकाशित मिति :जेठ १६, २०८२ शुक्रवार - १७:५७:१२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology