Logo

मंगलवार, कार्तिक २५ गते २०८३

images
२०८३, कार्तिक २५ गते
images

देशभर बदली, पहाडी क्षेत्रमा चट्याङसहित वर्षाको सम्भावना

देशभर बदली, पहाडी क्षेत्रमा चट्याङसहित वर्षाको सम्भावना

images

इच्छाकामना न्युज

१४, जेठ २०८२
देशभर बदली, पहाडी क्षेत्रमा चट्याङसहित वर्षाको सम्भावना
images

काठमाडौं । हाल देशमा पश्चिमी वायु, स्थानीय वायु तथा बङ्गालको खाडीबाट प्रवेश गरेको जलवाष्पयुक्त हावाको संयुक्त प्रभाव देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यी प्रणालीहरूको कारण आज देशका अधिकांश पहाडी क्षेत्रहरूमा आंशिकदेखि सामान्य बदलीको अवस्था कायम रहेको छ भने बाँकी भूभागमा मौसम प्रायः सफा वा आंशिक बदली रहनेछ । महाशाखाका अनुसार गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा हाल चट्याङसहित हल्का वर्षा भइरहेको छ ।

मनसुन प्रणाली भारतका महाराष्ट्र, मुम्बई, कर्नाटक, तमिलनाडु, तेलाङ्गना, आन्ध्र प्रदेश, पश्चिम मध्य र उत्तर बङ्गालको खाडी, त्रिपुरा, मणिपुर, नागाल्याण्ड, अरुणाचल प्रदेश, असम र मेघालयका केही भागहरूमा सक्रिय भइसकेको छ । पश्चिम बङ्गाल, सिक्किम तथा बाँकी उत्तरपूर्वी भारततर्फ मनसुन क्रमशः फैलिँदै गएको मौसम विज्ञहरूले बताएका छन् ।

दिउँसो लुम्बिनीसहित देशका पहाडी भागहरूमा आंशिकदेखि सामान्य बदली रहनेछ । यी क्षेत्रका थोरै स्थानहरूमा र बाँकी भूभागका एक-दुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । उच्च पहाडी र हिमाली क्षेत्रका एक-दुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना पनि रहेको छ । राति बागमती, गण्डकी र अन्य पहाडी प्रदेशका थोरै स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ ।

साथै, उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा हिमपातको जोखिम यथावत् रहेको छ । महाशाखाले चट्याङसहितको वर्षा तथा हिमपातको सम्भावनालाई ध्यानमा राख्दै दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ ।

विशेषगरी बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा रहेका बासिन्दालाई आवश्यक सावधानीपूर्वक रहन सल्लाह दिइएको छ ।

images
प्रकाशित मिति :जेठ १४, २०८२ बुधवार - ०८:३३:३२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology