Logo

मंगलवार, कार्तिक २५ गते २०८३

images
२०८३, कार्तिक २५ गते
images

आजकाे माैसम : देशभर बदली, पहाडी क्षेत्रमा वर्षाको सम्भावना

आजकाे माैसम : देशभर बदली, पहाडी क्षेत्रमा वर्षाको सम्भावना

images

इच्छाकामना न्युज

१२, जेठ २०८२
आजकाे माैसम : देशभर बदली, पहाडी क्षेत्रमा वर्षाको सम्भावना
images

काठमाडौँ । देशभर पश्चिमी वायु, स्थानीय वायु र बंगालको खाडी तथा अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको संयुक्त प्रभाव कायमै रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

जलवायु प्रणालीको यो प्रभावसँगै देशका विभिन्न भागमा आंशिकदेखि साधारणतया बदली रहने र केही स्थानमा वर्षाको सम्भावना देखिएको छ । महाशाखाका अनुसार बंगालको खाडीको उत्तर-पश्चिमी र दक्षिण-पश्चिमी क्षेत्र, भारतको केरला, माल्दिभ्स तथा श्रीलङ्कासम्म मनसुन प्रणाली प्रवेश गरिसकेको छ।

बंगालको खाडीबाट जमिनतर्फ मनसुनको लहर क्रमशः अगाडि बढिरहेकोले आगामी दिनहरूमा नेपालको पूर्वी भाग हुँदै मनसुन सक्रिय हुने संकेत देखिएको छ । आजको मौसम पूर्वानुमान सोमबार दिउँसो कोशी, मधेस, बागमतीलगायत प्रदेशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ भने बाँकी भूभागमा मौसम मुख्यतः सफा वा आंशिक बदली रहने अनुमान गरिएको छ।

महाशाखाका अनुसार कोशी, मधेस, बागमती प्रदेशका केही स्थान तथा अन्य प्रदेशका एक–दुई स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनसक्ने सम्भावना रहेको छ । हिमाली क्षेत्रमा हिमपातको सम्भावना देशका उच्च-पहाडी तथा हिमाली भू-भागका एक–दुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

यस्तो अवस्थामा विशेष गरी ती क्षेत्रमा जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रतिकूल असर पर्न सक्ने भन्दै सर्वसाधारणलाई आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ। मौसममा देखिएको यो अस्थिरता र वर्षा सम्भावनालाई ध्यानमा राख्दै मौसम महाशाखाले किसान, यात्रु, विद्यार्थी तथा सेवा प्रदायक निकायलाई समयमै आवश्यक तयारी गर्न आह्वान गरेको छ।

यात्रा गर्ने, खेतीपातीमा संलग्न हुने तथा हिमाली क्षेत्रतर्फ गइरहेका व्यक्तिहरूलाई विशेष सावधानी अपनाउन सुझाव दिइएको छ।

images
प्रकाशित मिति :जेठ १२, २०८२ सोमवार - ०७:२९:४९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology