Logo

आइतवार, कार्तिक ३० गते २०८३

images
२०८३, कार्तिक ३० गते
images

भरतपुरमा बाबुको खुकुरी प्रहारबाट छोरा घाइते

भरतपुरमा बाबुको खुकुरी प्रहारबाट छोरा घाइते

images

इच्छाकामना न्युज

११, जेठ २०८२
भरतपुरमा बाबुको खुकुरी प्रहारबाट छोरा घाइते
images

भरतपुर । भरतपुर महानगरपालिका वडा नं–५, जागृति चोकमा घरायसी विवादमा बाबुको खुकुरी प्रहारबाट आफ्नै छोरा घाइते भएका छन् ।

लमजुङको बेशीसहर नगरपालिका वडा नं–२ घर भई हाल भरतपुर–५ बस्ने ५९ वर्षीय नारायण अधिकारीले घरको डिजाइन बनाउने विषयमा झगडा हुँदा आफ्नै छोरा ३५ वर्षीय वासु अधिकारीलाई टाउकोमा खुकुरी प्रहार गरेका थिए ।

घाइतेको भरतपुर सरकारी अस्पतालमा उपचार भइरहेको छ भने उपचारमा आमा सीता अधिकारी संलग्न रहेकी छन् ।

खुकुरी प्रहार गर्ने बाबु प्रहरी चौकी, सीताराम चोकको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।

images
प्रकाशित मिति :जेठ ११, २०८२ आइतवार - ०९:५९:०५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology