Logo

आइतवार, कार्तिक ३० गते २०८३

images
२०८३, कार्तिक ३० गते
images

नागढुङ्गा–मुग्लिङ सडकखण्ड पन्ध्र दिन आंशिक बन्द हुने

नागढुङ्गा–मुग्लिङ सडकखण्ड पन्ध्र दिन आंशिक बन्द हुने

images

इच्छाकामना न्युज

११, जेठ २०८२
नागढुङ्गा–मुग्लिङ सडकखण्ड पन्ध्र दिन आंशिक बन्द हुने
images

काठमाडौँ, जेठ ११ गते । सङ्घीय राजधानी भित्रिने मुख्य नाकाका रूपमा रहेको त्रिभुवन राजपथको नागढुङ्गा–पिपलामोड खण्ड १५ दिनका लागि आंशिक बन्द हुने भएको छ ।

जेठ १० देखि २५ गतेसम्म बिहान साढे दस बजेदेखि अपराह्न तीन बजेसम्म आंशिक बन्द हुने नागढुङ्गा–मुग्लिङ सडकखण्ड विस्तार आयोजना (पूर्वी खण्ड) ले जनाएको छ । पूर्वी खण्ड आयोजना प्रमुख केशवप्रसाद ओझाले आयोजनाको सो खण्डको कालोपत्रे गर्नुपर्ने भएकाले दैनिक साढे चार घण्टा बन्द गरिएको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “काठमाडौँ भित्रिने मुख्य राजमार्गका रूपमा रहेको सो खण्डको निर्माण मनसुन सुरु हुनुअघि नै सम्पन्न होस् । मनसुन सुरु हुनुअघि नै काम सम्पन्न गर्न सकिएन भने अत्यन्तै उकालो–ओरालो र घुम्ती रहेको सो खण्डमा सवारीसाधन चिप्लिने र दुर्घटनासम्म भई जनधनको समेत क्षति हुन सक्ने भएकाले बन्द गरेरै काम सुरु गरिएको हो ।” यसअघि एक लेन (वन–वे) मा सवारीसाधन सञ्चालन गरेर काम गर्दा लामो दुरीसम्म जाम हुने र काम पनि लक्ष्य अनुसार नहुने भएकाले अन्त्यमा बाटै बन्द गर्नुपरेको आयोजना प्रमुख ओझाले स्पष्ट पार्नुभयो ।

उहाँका अनुसार आयोजनाको पूर्वी खण्डको कुल १२ किलोमिटरमध्ये नौ किलोमिटरको काम सम्पन्न भइसकेको छ । तीन किलोमिटर मात्र कालोपत्र गर्न बाँकी छ । जेठ २५ गतेसम्म काम सम्पन्न गर्ने लक्ष्य छ ।

उहाँले यस सडकखण्डको विकल्पमा सीतापाइला–भीमढुङ्गा–रामकोट–धार्के सडकमार्ग र सामाखुसी–टोखा–गुर्जेभन्ज्याङ–छहरे–त्रिशूली (बेत्रावती)–गल्छी सडकमार्ग प्रयोग गर्न सबैसँग आग्रह गर्नुभयो । नागढुङ्गा–मुग्लिङ सडकखण्ड विस्तार आयोजना अन्तर्गत कुल ९५ किलोमिटर सडक विस्तार भइरहेको छ ।

images
प्रकाशित मिति :जेठ ११, २०८२ आइतवार - ०७:०२:२३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology