Logo

मंगलवार, कार्तिक २५ गते २०८३

images
२०८३, कार्तिक २५ गते
images

तमू ह्युल छोँज धीं गुरुङ राष्ट्रिय परिषद्को पाँचौं राष्ट्रिय महाधिवेशन भोलि शनिबार देखि काठमाडौंमा

तमू ह्युल छोँज धीं गुरुङ राष्ट्रिय परिषद्को पाँचौं राष्ट्रिय महाधिवेशन भोलि शनिबार देखि काठमाडौंमा

images
तमू ह्युल छोँज धीं गुरुङ राष्ट्रिय परिषद्को पाँचौं राष्ट्रिय महाधिवेशन भोलि शनिबार देखि काठमाडौंमा
images

काठमाडौं । तमू (गुरुङ) जातिको छाता संगठन, तमू ह्युल छोँज धीं गुरुङ राष्ट्रिय परिषद्को पाँचौं राष्ट्रिय महाधिवेशन भोली शनिबार देखि जेठ १२ गते सम्म काठमाडौंमा हुने भएको छ।महाधिवेशनको उद्घाटन भोली दिउँसो १ बजे नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले गर्ने कार्यक्रम रहेको छ गणतन्त्र, संघियता, धर्मनिरपेक्षता, समावेशिता प्रति हाम्रो साझा प्रतिवद्धता ।

तमू ह्युलको पहिचान मौलिक थातथलो नामको पुर्नस्थापना र अमौखिक सांस्कृतिक सम्पदाको संरक्षणको लागि पाँचौ राष्ट्रिय महाधिवेशनू मूल नाराका साथ आयोजना हुने यस महाधिवेशनमा देशभरका करिब ७५० प्रतिनिधि सहभागी हुने तमू ह्युल छोँज धीं गुरुङ राष्ट्रिय परिषद्का अध्यक्ष कर्ण बहादुर गुरुङले जानकारी दिए ।

परिषद्को सभाहलमा पत्रकार सम्मेलनको आयोजना गर्दै महाधिवेशनले तमू जातिको भाषा, धर्म, संस्कृति, परम्परा, मौलिक स्थान नामहरूको पुनर्स्थापना, अमूर्त सांस्कृतिक सम्पदाको संरक्षण र लिपिबद्धीकरण तथा तमूवानको पहिचानका मुद्दाहरूलाई जोडदार रूपमा उठाउने बताएको छ।

साथै, संविधानका मूलभूत विशेषताहरू जस्तै गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता र समावेशिताको रक्षाका लागि प्रतिबद्धता जाहेर गर्दै महाधिवेशनको बन्दसत्र जेठ ११र १२ गते गोंगबुस्थित बिजी व्याङ्क्वेको हलमा हुने बताएको छ।

परिषद्ले वि।सं। २०६५ मा स्थापना भएयता विभिन्न चरणमा देशका विभिन्न ठाउँहरुमा राष्ट्रिय महाधिवेशनहरू सम्पन्न गर्दै आएको छ।

images
प्रकाशित मिति :जेठ ९, २०८२ शुक्रवार - २२:२७:५९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology