Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

हनी ट्रयापमा पारेर पुरुषलाई हैरानी दिएको आरोपमा दुई महिला पक्राउ

हनी ट्रयापमा पारेर पुरुषलाई हैरानी दिएको आरोपमा दुई महिला पक्राउ

हनी ट्रयापमा पारेर पुरुषलाई हैरानी दिएको आरोपमा दुई महिला पक्राउ
images

काठमाडौं, जेठ ८ । ‘हनी ट्रयाप’मा पारेर पुरुषलाई हैरानी दिएको आरोपमा दुई महिला पक्राउ परेका छन् ।

images
images

पक्राउ पर्नेमा कैलालीको गोदावरी नगरपालिका-१० दमौरा घर भई हाल काठमाडौं महानगरपालिका-५ कालोपुल बस्ने ३४ वर्षीया ममता तामाङ र भक्तपुरको भक्तपुर नगरपालिका-१७ सल्लाघारी घर भई हाल काठमाडौं महानगरपालिका-५ हाँडीगाउँ बस्ने ३४ वर्षीया आँचल श्रेष्ठ भन्ने आँचल चौगुठी रहेका छन् । उनीहरूले आपराधिक लाभ लिने उद्देश्य राखी सामाजिक सञ्जाल फेसबुकमार्फत चिनजान तथा सम्बन्ध बढाई ठमेलस्थित एक होटलमा बोलाएर ‘हनी ट्रयाप’मा पारेको प्रहरीले जनाएको छ ।

उनीहरूल होटलमा खाजा तथा मादक पदार्थ सेवन गरीरगराई अचेत अवस्थामा पीडितको अश्लिल फोटो र भिडियो बनाई फेसबुक मेसेन्जरमा उक्त फोटो तथा भिडियोको स्क्रिनसर्ट पठाएर हैरानी दिएका थिए । प्रहरीका अनुसार उनीहरूले काठमाडौंमा घर तथा ४ आना जग्गा दिनु पर्छ नत्र यौन शोषणको मुद्दा लगाईदिन्छु लगायत विभिन्न किसिमका डर, धाक धम्की दिई पीडितसँग रकम माग गरेका थिए ।

पीडितलाई तत्काल पाँच लाख रूपैयाँको चेक काट्न बाध्य पारी लिई गएको भन्ने सूचना प्राप्त भएपश्चात काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले ममता र आँचललाई बुधबार साँझ साढे ५ बजेतिर काठमाडौं महानगरपालिका ११ हनुमानस्थानबाट पक्राउ गरेको हो । उनीहरूमाथि आपराधिक लाभ (एक्सटर्सन) सम्बन्धी मुद्दामा थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर भद्रकाली अपराध अनुसन्धान कार्यालयका एसपी काजी कुमार आचार्यले जानकारी दिए ।

images
प्रकाशित मिति :जेठ ८, २०८२ बिहिवार - २१:४४:४५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology