Logo

आइतवार, कार्तिक ३० गते २०८३

images
२०८३, कार्तिक ३० गते
images

चितवनमा सामूहिक बलात्कारको अभियोगमा ५ युवा पक्राउ

चितवनमा सामूहिक बलात्कारको अभियोगमा ५ युवा पक्राउ

images
चितवनमा सामूहिक बलात्कारको अभियोगमा ५ युवा पक्राउ
images

भरतपुर,जेठ ६- चितवनमा किशोरीमाथि सामूहिक बलात्कार गरेको अभियोगमा प्रहरीले पाँच जना युवाहरूलाई पक्राउ गरेको छ।

भरतपुर महानगरपालिकाको वडा नम्बर-१४ स्थित एक घरमा १६ वर्षीया बालिकामाथि सामूहिक बलात्कार गरेको जाहेरीको आधारमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी रवीन्द्र खनालले दिएको जानकारी अनुसार गत वैशाख २५ गते साँझ ५ बजे ती बालिकालाई जबर्जस्ती रक्सी खुवाएर अर्धचेत अवस्थामा बलात्कार गरिएको जाहेरीमा उल्लेख गरिएको छ ।

राति ९ बजेदेखि बिहान ६ बजेसम्म सामूहिक बलात्कार गरेको र ६ जनामध्ये एकले अश्लील भिडिओ पनि खिचेको जाहेरीमा उल्लेख छ। अश्लील भिडिओ देखेपछि बालिकाले आफ्नी माइजूलाई घटनाको विषयमा जानकारी गराएकी थिइन्।

त्यसपछि उनका मामाले प्रहरीमा जाहेरी दिएका थिए। घटनामा संलग्न अझै एक जना फरार रहेको डिएसपी खनालले जानकारी दिए। ६ जनाकै विरूद्ध जबरजस्ती करणी सम्बन्धी मुद्दा दर्ता गरिएको प्रहरीले जनाएको छ ।

images
प्रकाशित मिति :जेठ ६, २०८२ मंगलवार - २२:५१:५९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology