Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

आँबुखैरेनीको मित्रता उच्च माविमा जीवनोपयोगी सीप तालिम

आँबुखैरेनीको मित्रता उच्च माविमा जीवनोपयोगी सीप तालिम

आँबुखैरेनीको मित्रता उच्च माविमा जीवनोपयोगी सीप तालिम
images

आँबुखैरेनी, ५ जेष्ठ - तनहुँको आँबुखैरेनी गाउँपालिका वडा नं. १, सत्रसय स्थित मित्रता उच्च माध्यमिक विद्यालयमा कक्षा ११ का विद्यार्थीहरूलाई जीवनोपयोगी सीपहरूको तालिम दिइएको छ।

images
images

विद्यालयले सामाजिक बिषय अन्तर्गत दुना टपरी लगाउने, सेलरोटी पकाउने, कपाल काट्ने, अचार बनाउने, तरकारी पकाउने जस्ता दैनिक जीवनमा आवश्यक पर्ने सीपहरू सिकाउने कार्य गर्दै आएको छ।

विद्यालयका प्रधानाध्यापक सुरेन्द्र बोगटीका अनुसार, "यी तालिमहरूले विद्यार्थीहरूको आत्मनिर्भरता र व्यावसायिक सीपको विकासमा मद्दत पुर्याउँछ।" विद्यार्थीहरूलाई यस्ता सीपहरूको तालिमले भविष्यमा रोजगारीका अवसरहरू सिर्जना गर्न र जीवनयापनमा सहयोग पुर्याउन सक्ने विश्वास व्यक्त गर्नुभएको छ।

विद्यार्थीहरूको समग्र विकासमा महत्वपूर्ण योगदान पुर्याउँदै यसले समुदायमा सकारात्मक परिवर्तन ल्याउन सघाउ पुर्याउनेमा विधालय प्रशासन विश्वस्त रहेको जनाएको छ ।

images
प्रकाशित मिति :जेठ ५, २०८२ सोमवार - १९:५३:२४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology