Logo

आइतवार, कार्तिक ३० गते २०८३

images
२०८३, कार्तिक ३० गते
images

हैदरावादमा आगलागी हुँदा ८ बालबालिकासहित १७ जनाको मृत्यु

हैदरावादमा आगलागी हुँदा ८ बालबालिकासहित १७ जनाको मृत्यु

images
हैदरावादमा आगलागी हुँदा ८ बालबालिकासहित १७ जनाको मृत्यु
images

भारत । हैदराबादको चारमिनार नजिकै रहेको गुलजार हाउसको एक भवनमा आइतबार बिहान आगलागी हुँदा   ८ जना बालबालिकासहित १७ जनाको मृत्यु भएको छ।  आगलागीबाट १५ जनालाई सुरक्षित रूपमा बाहिर निकालिएको पनि प्रहरीले जानकारी दिएको छ।

केही मानिस अझै पनि घरमा फसेका र उद्धार कार्य जारी रहेको पनि प्रहरीले जानकारी दिएको छ। २ घण्टाको प्रयासपछि आगो निभाइएको थियो। आगलागी सर्ट सर्किटका कारण भएको उल्लेख छ।

प्रहरीका अनुसार तीन तल्ले भवनको भुईँ तल्लामा आगो लागेको हो। सबै मृतक यही तलाका थिए।बिहान ६ बजे आगलागीको बारेमा दमकल विभागलाई जानकारी गराइएको थियो।

त्यसपछि टोली घटनास्थलमा पुगेर उद्धार कार्य सुरु गरेको थियो। धेरै मानिसहरू अचेत अवस्थामा फेला परेका थिए। घटनामा करिब १० जनालाई अस्पताल भर्ना गरिएको पनि सञ्चारमाध्यममा उल्लेख छ।

images
प्रकाशित मिति :जेठ ४, २०८२ आइतवार - १६:३२:०२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology