Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

जलबिरे लामो झरनामा आन्तरिक पर्यटक बढ्यो

जलबिरे लामो झरनामा आन्तरिक पर्यटक बढ्यो

जलबिरे लामो झरनामा आन्तरिक पर्यटक बढ्यो
images

इच्छाकामना, ४ जेठ ।  चितवनको प्रसिद्ध पर्यटकीय स्थल जलबिरे लामो झरना आन्तरिक पर्यटकको आकर्षक गन्तब्य हो । जिल्लाको एक मात्र गाउँपालिका इच्छाकामना गाउँपालिका वडा नम्बर ६अन्तर्गत नारायणगढ–मुग्लिन सडकखण्डको मुग्लिनबाट करिब छ किलोमिटर नारायणगढतर्फमा रहेको जलबिरे लामो झरनामा  बाह्रै महिना पर्यटक आउने गर्छन् । 
 तर गर्मी मौसममा भने आन्तरिक पर्यटकहरु घुइँचो नै लाग्ने गर्दछ । यस बर्ष पनि गर्मी मौसम सुरु भएसगैँँ पर्यटकहरुको आगमन बढ्न थालेको जलबिरे लामो झरना पर्यटन विकास  समितिका अध्यक्ष देव कुमार गुरुङले बताउनुभयो । हिजो (शनिबार) मात्र पाँच सय ५० जना पर्यटक आएको टिकट काउन्टरमा रेकर्ड रहेको छ । अन्य दिनमा पनि दुई सयको हाराहारीमा पर्यटकहरु आउने गरेको उहाँले बताउनुभयो । 
उहाँका अनुसार खासगरी शनिवार तथा अन्य सार्वजनिक विदाका दिन यो झरनामा पुग्नेहरुको संख्या अत्यधिक हुने गरेको छ ।
 यहाँ आउने स्वदेशी पर्यटकका लागि रु ५० र विदेशी पर्यटकका लागि रु एक सयको  प्रवेश शुल्क लिने गरिएको छ । गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङका अनुसार   पर्यटकको टिकट शुल्कबाट बार्षिक रु २५ देखि ३० लाखको हाराहारीमा आम्दानी हुदैँ आएको छ । उहाँका अनुसार गाउँपालिकाको पर्यटकीय स्थल मध्ये सबै भन्दा बढी आम्दानी हुने यही झरना हो । 
एक सय दुई मिटर लामो झरनाले पर्यटकको मन लोभ्याउने गरेको छ । सुन्दर प्राकृतिक मनोरम दृश्य तथा लामो छाँगोबाट झरेको पानीको फोहरा र त्यसबाट आउने शीतल पानीका कण र चिसो हावाको स्पर्शले पर्यटकको मन लोभ्याइदिन्छ ।
साथै यहाँ क्यानोनिङ, , स्विमिङ, स्लाइडिङ, जम्पिङ गर्न देशका विभिन्न जिल्ला र विदेशबाट समेत पर्यटक आउने गरेका छन् । यसैबीच  झरनामा  पर्यटक लोभ्याउनका लागि भौतिक पूर्वाधार निर्माण कार्य भइरहेको छ ।केन्द्र, प्रदेश र स्थानीय सरकारको बजेटमा भौतिक संरचनाहरु निर्माण गरिएको छ । 
दृश्यावलोकनसहितको गोलोघर, सिढीँ बाटो,शैचालय रेलिङ्ग  निर्माण गरिएको छ । झरना सम्म सडक ढलानपिच गरिएको छ । यहाँ पर्यटकलाई थप आकर्षित  बनाउन सौन्दर्यकरणका काम भइरहेको गाउँपालिका अध्यक्ष गुरुङको भनाई छ । गाउँपालिकाले सरसफाई र टिकट काउन्टरका लागि तीन जना कर्मचारी राखेका  छन् । 
 यहाँबढी चितवन,तनहुँ, नवलपुर,मकवानपुर,पर्सा,गोरखा,पोखरा,धादिङ, काठमाडौँलगायतबाट पर्यटक आउने गरेका छन् । विसं २०६९ देखि पर्यटन विकास शुरू भएको हो ।

images
images

images
प्रकाशित मिति :जेठ ४, २०८२ आइतवार - १६:१७:५३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology