धादिङ, २ मझिमटार । बागमती प्रदेश सरकारका सचिव विन्दा श्रेष्ठको नेतृत्वमा एक टोलीले बेनिघाट रोङ गाउँपालिका–९, मझिमटार स्थित शङ्खादेवी आवासीय माध्यमिक विद्यालयको छात्रावासको अनुगमन गरेको छ।
अनुगमनका क्रममा सचिव श्री श्रेष्ठले छात्रावासको भौतिक संरचना, सुरक्षित वातावरण र विद्यार्थिहरूको लागि उपलब्ध आधारभूत सुविधाहरूको मूल्याङ्कन गरेका थिए। सचिव श्रेष्ठले विद्यालयको व्यवस्थापन र विद्यार्थीहरूको भलाइको लागि थप सुधारका दिशा निर्देश गरेका छन्।
उनले विद्यालय प्रशासनलाई सुरक्षित र स्वस्थ्य वातावरणको महत्त्व बुझाउँदै, आगामी दिनहरूमा सुधारका लागि आवश्यक पहल गर्न सुझाव दिएका छन्।
साथै, अनुगमन टोलीले छात्रावासमा रहेका विद्यार्थीहरूको अवस्थासँग सम्बन्धित प्रतिवेदन संकलन गर्दै, त्यहाँको शैक्षिक वातावरण सुधार गर्नका लागि प्रदेश सरकारको थप सहयोगको आवश्यकता औँल्याए।
अनुगमनका क्रममा वागमती प्रदेशका शिक्षा विभागका अधिकारी र स्थानीय निकायका प्रतिनिधिहरूको समेत उपस्थिती रहेको थियो।