Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

भरतपुरमा एक व्यक्तिले गरे छोरी र भतिजको हत्या

भरतपुरमा एक व्यक्तिले गरे छोरी र भतिजको हत्या

भरतपुरमा एक व्यक्तिले गरे छोरी र भतिजको हत्या
images

चितवन । भरतपुरमा बुवाको आक्रमणबाट घाइते भएका दुई जना बालबालिकाको मृत्यु भएको छ ।

images
images

भरतपुर महानगरपालिका–२५ स्थित किसान चोकमा बस्दै आएका ४२ वर्षीय लीला गिरीले धारिलो हतियार प्रहार गरेर दाजुको छोरा र आफ्नी छोरीको हत्या गरेका हुन् ।

आक्रमणबाट गम्भीर घाइते भएका सजन गिरी र प्रभा गिरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी रवीन्द्र खनालले बताए । चितवन मेडिकल कलेजमा उपचारको क्रममा उनीहरूको मृत्यु भएको हो ।

गिरीले ५ वर्ष र १३ वर्षका छोराछोरीलाई धारिलो हतियार प्रहार गरेपछि आत्महत्या प्रयास गरेका छन् । उनले धारिलो हतियारले आफ्नै घाँटी रेटेका हुन् ।

उनको अहिले उपचार हुँदैछ । प्रहरीले घटनाबारे थप अनुसन्धान थालेको छ ।

images
प्रकाशित मिति :जेठ २, २०८२ शुक्रवार - १७:३१:४९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology