Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

वार्षिक वजेट कार्यक्रमको वुकलेट हस्तान्तरण

वार्षिक वजेट कार्यक्रमको वुकलेट हस्तान्तरण

बि.बि. श्रेष्ठ

२५, आश्विन २०७७
वार्षिक वजेट कार्यक्रमको वुकलेट हस्तान्तरण
images


दमौली, २६ असोज 
गण्डकी प्रदेश तनहुँ क्षेत्र नं १ (क) का सासद राम वहादुर गुरुङ्गले वार्षिक वजेट कार्यक्रम समावेश गरिएको वुकलेट नेकपा तनहुँका अध्यक्ष एवं प्रतिनिधीसभाका सदस्य केदार सिग्देललाई हस्तान्तरण गर्नुभएको छ । प्रदेश सांसद निर्वाचित भएपछि विकास निर्माण सम्वन्धि वजेट विनियोजन र योजना सम्पन्न भएको कार्यक्रमको वाािर्षक वजेट कार्यक्रम हस्तान्तरण गर्नुभएको हो । 
आर्थिक वर्ष ०७५/०७६, ०७६ /०७७ र ०७७/०७८ मा वजेट विनियोजन गरेको र काम भएको विवरण सहितको पुस्तक नेकपा अध्यक्ष केदार सिग्देललाई हस्तान्तरण गर्नुभएको हो । ३ आर्थिक वर्षमा प्रदेश सासंद राम वहादुर गुरुङ्गले आफनो क्षेत्रमा भएको वजेट निकासी र विकास को गति आम जनतालाई जानकारी दिने उद्येश्य स्वरुप वुकलेट निष्कासन गरेको वताउनुभयो । आम जनताले यो अवधिसम्म के कति काम भयो भन्ने जानकारी सहज रुपमा प्राप्त गरोस भन्ने ध्येयले वुकलेट प्रकाशन गरेको वताउनुभयो ।
सोही अवसरमा वार्षिक वजेट कार्यक्रमको वुलेटिन बुझ्नुहुदै नेकपाका जिल्ला अध्यक्ष एव प्रतिनिधीसभाका सासंद केदार सिग्देलले वुकलेटले यो अवधिमा भएको कामको विवरण र हुने योजनको विवरण समावेशले यथार्थता प्रष्ट पारेको वताउनुभयो । जनताको अन्यौलता चिर्नका लागी वुकलेट फलदायी हुने विश्वास लिदै वजेट विनियोजन भएको कार्यक्रमको कार्यन्वयनमा ध्यान दिन पनि उहाँले आग्रह गर्नुभयो । अवको सरकारको कार्यभार सुखी नेपाली समृद्ध नेपाल भएको वताउनुहुदै भएको विकास निर्माण जनताले थाहा पाउनुपर्ने र जनमुखी काम गर्नुपर्ने समेत उहाँले वताउनुभयो । 

images
images

images
प्रकाशित मिति :आश्विन २५, २०७७ आइतवार - २१:४६:०९ बजे

बि.बि. श्रेष्ठ

लेखक बि. बि. श्रेष्ठ इच्छाकामना न्युजका लागि राजनैतिक विषयमा लेखहरु लेख्नुहुन्छ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology