Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

इच्छाकामनाको तल्लो ढुङ्ग्रेमा यस वर्ष पनि सतिघाँटु नाचिने

इच्छाकामनाको तल्लो ढुङ्ग्रेमा यस वर्ष पनि सतिघाँटु नाचिने

इच्छाकामना न्युज

२९, बैशाख २०८२
इच्छाकामनाको तल्लो ढुङ्ग्रेमा यस वर्ष पनि सतिघाँटु नाचिने
images

चण्डिभञ्ज्याङ । चितवनको इच्छाकामना गाउँपालिका ६ स्थित तल्लो ढुङ्ग्रे गाउँमा यस वर्ष पनि सतिघाटु नाँच नाचिने भएको छ । पछिल्लो समय लोपोन्मुख अवस्थामा पुगेको गुरुङ समुदायमा प्रचलित साँस्कृतिक नृत्य सतिघाटु नाँच स्थानीय तल्लो ढुङ्ग्रे युवा समाजका युवाहरुको सक्रियतामा तल्लो ढुङ्ग्रे गाउँमा यस वर्ष पनि नाचिने भएको हो ।

images
images

विषेश गरेर गुरुङ समुदायमा चण्डिपूर्णीमाको भोलिपल्ट देखि ३ दिन वा ५ दिन नाच्ने गरिन्छ । यद्यपी यस वर्ष भने पूर्णिमाको भोलिपल्ट मंगलबार परेको र धुराउने दिन (नृत्य सकाउने दिन) वैशाख मसान्त परेको हुनाले जेठ १ गतेदेखि सुरु गरिने र ३ गते धुराउने (समापन) तल्लो ढुङ्ग्रे युवा समाजका सल्लाहकार याम गुरुङले जानकारी दिए । ‘हराउँदै गएको लोपोन्मुख हाम्रो पहिचान संस्कार सस्कृतिलाई जगेर्ना गर्दै, पुस्तान्तरण गर्न र  प्रतक्ष्य अवोलकन गर्नका लागि सहभागी हुन म सबैलाई हार्दिक अनुरोध गर्दछु’ –उनले भने ।

पछिल्लो समय घाँटुनाच पुस्तान्तरण हुन नसक्दा हराउदै गएको छ । सती र बाह्रमासे गरी घाँटु नाँच दुई प्रकारको हुन्छ । सतिघाँटु श्रीपञ्चमीमा शुरु भई वैशाख पूर्णिमामा अन्त्य गरिन्छ भने बाह्रमासे घाँटु जुन बेलापनि नाच्ने गरिन्छ । गुरुङ समूदायको ऐतिहासिक घटनाक्रमसँग जोडिएको घाँटु नृत्य पनि ठाउँअनुसार फरक–फरक पाइए पनि सबै ठाउमा नाचिने घाटुको कथा भने एउटै हुने घाटु गुरुहरु बताउँछन् ।

सत्रौँ सताब्दीदेखि घाँटु नृत्यको प्रारम्भ भएको मानिन्छ । यस नृत्यमा रजश्वला नभएका दुईजना कन्यालाई स्थानीय भेषभूषामा सजाई मध्ययुगिन राजा परशुराम र रानी आम्पावतीको प्रतीकका रूपमा घाँटु नृत्यको प्रारम्भ गरिन्छ । लमजुङ कास्की लगायतका जिल्लाहरुमा २ कन्यालाई मात्र नचाईने गरिए पनि तनहुँ चितवन गोरखा लगाएतका स्थानहरुमा ३ कन्या वा विजोर संख्या पारी जति पनि कन्याहरुलाई समावेश गरेर घाँटु नचाईने गरिन्छ । 

सदियौ देखि पुरानो साँस्कृतिक नाँच भएपनि पछिल्लो पुस्ताको चासो नहुनु र पुरानो पुस्ता सकिदै जादा लोप हुदै गएकोले यसलाई जोगाउनकै लागि आफुहरु लागि परिरहेको गुरुङले बताए। 

घाँटु नृत्यको गीतमा मानिसको जीवनशैली, जन्म, कर्म, श्रृंगार, बिहेवारी, शिकार, माछा मार्ने, खेतीपाती तथा युद्धबारे व्याख्या तथा अभिनय गर्ने गरिन्छ । गुरुङ समूदायको महत्वपूर्ण संस्कृतिको रुपमा रहेको घाँटुनाच पछिल्लो समय उत्सवको रुपमा पनि मनाउन थालिएको छ । परम्परागत संस्कृतिको संरक्षण गर्न तथा गुरुङहरुको पहिचानलाई जोगाउन विशेष महत्वका साथ विभिन्न मेला महोत्सवमा पनि घाँटु नाच प्रदर्शन गर्ने गरीएको छ ।

 

images
प्रकाशित मिति :बैशाख २९, २०८२ सोमवार - १२:२२:०६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology