Logo

मंगलवार, कार्तिक ११ गते २०८३

images
२०८३, कार्तिक ११ गते
images

नारायणी कला मन्दिरमा प्रिमियर सो नाटक ‘नयाँ कदम’

नारायणी कला मन्दिरमा प्रिमियर सो नाटक ‘नयाँ कदम’

images

इच्छाकामना न्युज

१४, फाल्गुण २०७७
नारायणी कला मन्दिरमा प्रिमियर सो नाटक ‘नयाँ कदम’
images

चितवन फागुन,१४।चितवनको नारायणी कला मन्दिरमा विद्यार्थी मनोविज्ञानमा आधारित नाटक नयाँ कदम’को प्रिमियर सो भएको छ । आज कर्मी नाट्य समुह र नारायणी कला मन्दिरको सहकार्यमा १२ औँ राष्ट्रिय बाल नाटक महोत्सवको प्रतियोगिताको लागि तयार पारिएको सो नाटकको प्रिमियर सो गरिएको हो ।ईश्वर कंडेलको लेखनरनिर्देशनमा मञ्चित नाटकमा १० जना नाट्यकर्मीको भूमिका रहेको छ । नाटक ‘नयाँ कदम’मा विद्यार्थी, शिक्षक, अभिभावक र छोराछोरीको बीचको खाडलले विद्यार्थीको मनस्थितीमा पार्ने प्रभाव र असरलाई नाटकमा देखाउन खोजिएको निर्देशक एवंम लेखक ईश्वर कंडेलले बताए ।नाटकमा असल छुवाई र गलत छुवाईबारे जानकारी लगायत विद्यार्थी शिक्षक र अभिभावकको बीचमा हुने खाडलले विद्यार्थीको मनोविज्ञान र सिकाईमा पार्ने प्रभावलाई जोड दिएको उनले बताए ।

IMG_4181-540x510.jpg

चितवनमा पछिल्लो समय सेलाएको नाटक विधालाई ब्युताउनका लागि पनि यो नाटक प्रिमियर गरिएको उनले बताए । नाटकमा मुकुन्द खलपात्र, भिम राई, विवेक तिवारी, आश्मा राई, गोविन्द आचार्य, सुनिल ढुंगना, अनुप भण्डारी, विष्णु विश्वकर्मा, विनुमा पौडेल क्षेत्री, र कुशल घिमिरेले अभिनय गरेका थिए । यो नाटक वैशाखमा थप परिष्कृत सहित मन्चन हुनेछ ।

 

 

 

 

 

images
प्रकाशित मिति :फाल्गुण १४, २०७७ शुक्रवार - २०:४३:०२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology