Logo

सोमवार, श्रावण ११ गते २०८३

images
२०८३, श्रावण ११ गते
images

आँबुखैरेनीमा २५६९ औं बुद्ध जयन्ती भव्य रुपले मनाईदै

आँबुखैरेनीमा २५६९ औं बुद्ध जयन्ती भव्य रुपले मनाईदै

इच्छाकामना न्युज

२८, बैशाख २०८२
आँबुखैरेनीमा २५६९ औं बुद्ध जयन्ती भव्य रुपले मनाईदै
आँबुखैरेनी, २८ बैशाख । तनहुँको आँबुखैरेनीमा भोलि २५६९ औं बुद्ध जयन्ती भव्य रुपले मनाईदैछ ।
बौद्ध सदन गुम्बा आँबुखैरेनीको आयोजनामा विविध धार्मिक कार्यक्रम गरी बुद्ध जयन्ती भव्य रुपले मनाईने तयारी भएको हो ।
तथागत भगवान बुद्धको जन्म, सम्बोधिज्ञान लाभ एवंम महापरिनिर्माण हुनुभएको त्रिसंयोगको पुण्य दिनमा गुम्बामा पुजा अर्चना, शान्ति पदयात्रा, प्रसाद (खिर) ग्रहण, धर्मगुरुहरुबाट दिव्य उपदेश, चुड्का, साँझमा दिपावली लगाएतका कार्यक्रम गरी बुद्ध जयन्ती भव्य रुपले मनाईने बौद्ध सदन गुम्बा आँबुखैरेनीका अध्यक्ष कृष्णमान तामाङ्गले जानकारी दिनुभयो ।
आँबुखैरेनी गाउँपालिका –३, स्थित गुम्बामा भोलि बिहान ५ ः ३० बजेबाट पुजा अर्चना, बिहान ८ ः ३० बजे मिलनचोकबाट शान्ति पदयात्रा, बिहान १० ः ३० बजे प्रसाद (खिर) ग्रहण, दिउँसो चुड्का कार्यक्रम र साँझमा दिपावली गरिने कार्यतालिका रहेको छ ।
बुद्ध जयन्तीका लागि आवश्यक सम्पूर्ण तयारी पुरा भएको गुम्बाले जनाएको छ ।

images
प्रकाशित मिति :बैशाख २८, २०८२ आइतवार - २१:२०:०२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology