Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

एक दशकपछि घमेश दुलालको नयाँ लोकदोहोरी गीत ‘बनमा खयर...’ आयो

एक दशकपछि घमेश दुलालको नयाँ लोकदोहोरी गीत ‘बनमा खयर...’ आयो

इच्छाकामना न्युज

१४, फाल्गुण २०७७
एक दशकपछि घमेश दुलालको नयाँ लोकदोहोरी गीत ‘बनमा खयर...’ आयो
images

काठमाडौं र लोक दोहोरी क्षेत्रमा राज गर्न सफल गायक घमेश दुलाल एक दशक भन्दा बढि सम्म गुमनाम भए। उनका गीतहरु सुन्न स्रोता तथा दर्शकले रेडियोमा कान थाप्नु पथ्र्यो कि युटुवमा खोज्न थाल्नुपथ्र्यो।
उनका शुभचिन्तकको मनमा लागेथ्यो अब घमेश दुलालका नयां गीत आउने छैनन्। उनका चर्चित गीतहरु नारायण थानमा गेट, दमौलीमा गेट, घर हाम्रो रामेछाप, आमाको आशीर्वाद, अन्तिम चिट्ठी आदि दर्जनौं गीतहरुले स्रोता तथा दर्शकको मनमा अड्डा जमाएर बसीरहेका छन्।
गुमनाम जस्तै भएका गायक घमेशको जिवनले कोल्टे फेरेको छ, पछिल्लो समयमा उनी हरेक दिन जसो नयाँ सृजनामा तल्लिन छन् केहि समय अगाडी देखि चाडपर्व केन्द्रित लोक गितहरु गर्दै आएका घमेश दुलाल  लोकदोहोरीका नयाँ तथा पुराना भाका संरक्षण तथा प्रर्वद्धनमा लागि परेका छन्। काठमाडौंको मुटु अनामनगर घट्टेकुलो चोकमा एक्सन स्टुडियो नेपाल रेकर्डिङ स्टुडियो संचालमा ल्याएका छन्, यसकै उपज हो ११ वर्ष पछिको उनको पुनरागमन सहितको नयां लोक दोहोरी गीत ‘वनमा खयर...’।
‘वनमा खयर...’ मा घमेशलाई युवा पुस्ताकी प्रतिभाशाली गायिका प्रविशा अधिकारीले साथ दिएकी छन्। चर्चीत रचनाकार शिव हमालले यो गीतको शब्द रचना गरेका छन्। गीतमा संगीतकार तथा गायक प्रभावन जे को संगीत रहेको छ। घमेश र प्रभावन जे २ दशक अघि देखि रेडियो नेपालमा गीत गाउंदा समय देखिका दौंतरी समेत हुन्। गीतको संगीत संयोजन चर्चित एरेन्जर कमल सौरागले एरेन्जर गरेका हुन्।
डिएआर मुभिजको अफिसियल च्यानलबाट दर्शक तथा स्रोता माझ आउन लागेको गीतको भिडियोमा निकै मिहेनत गरीएको डिएआर मुभिजका राजाराम गौतमले बताए। भिडियोमा चर्चित कलाकार बुद्धि तामाङ, सत्यकला बम्जन र पुरु सिग्देलको अभिनय रहेको छ। वरिष्ठ नृत्य निर्देशक कमल राईले भिडियो निर्देशन गरेका छन् भने छायांकन हरिष मेहेरा, कलर तथा सम्पादन डिनशन शाहले गरेका छन्। सोलुखुम्बुको रमणिय स्थलमा भिडियो छायांकन गरीएको डीएआर मुभिजका विवेक चौलागाईले बताए।
केही समय अगाडि ‘भुल...’ लोक दोहोरी गीत मार्फत घमेश दुलाल आउने चर्चा भएको थियो। ‘भुल...’मा लोकप्रिय गायिका अन्जु पन्तले घमेशलाई साथ दिएकि छन्। उक्त गीतको सुटिङ गर्न उपयुक्त समयको पर्खाईमा रहेकाले वनमा खयर त्यो भन्दा अगाडि आएको एक्सन स्टुडियोका संचालक तथा गायक श्याम धितालले बताए। यस पछि पनि उनका लगातार गीत आउने तयारीमा रहेका छन्।

images
images

images
प्रकाशित मिति :फाल्गुण १४, २०७७ शुक्रवार - १९:२८:३७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology