Logo

मंगलवार, कार्तिक २५ गते २०८३

images
२०८३, कार्तिक २५ गते
images

चितवनमा घर बनाउने मेला सुरु, बागमतीका वनमन्त्री कृष्ण सिलवालद्वारा उद्घाटन

चितवनमा घर बनाउने मेला सुरु, बागमतीका वनमन्त्री कृष्ण सिलवालद्वारा उद्घाटन

images

इच्छाकामना न्युज

२५, बैशाख २०८२
चितवनमा घर बनाउने मेला सुरु, बागमतीका वनमन्त्री कृष्ण सिलवालद्वारा उद्घाटन
images

चितवन । चितवनमा घर बनाउने मेला सुरु भएको छ । नारायणगढस्थित उद्योग बाणिज्य संघको परिसरमा आज ९बिहीबार० देखि सुरु मेलाको बागमती प्रदेशका बन तथा वातावरण मन्त्री कृष्णप्रसाद सिलवालले उद्घाटन गर्नुभयो । सो अवसरमा बोल्दै मन्त्री सिलवालले एउटै छानामुनी घर बनाउने सबै जानकारी र सामाग्री उपलब्ध हुने मेला महत्वपूर्ण रहेको बताउनुभयो । जिवनमा एक पटक बनाइने घर निर्माण गर्दा धेरै कुराको जानकारी लिनुपर्ने भन्दै उहाँले घर बनाउने मेला उपयोगी हुने बताउनुभयो ।

‘राज्यलेनै घर बनाउने र खेती गर्ने ठाउँको बर्गिकरण गरिदिन आवश्यक छ,उहाँले भन्नुभयो,देशकै स्रोतसाधन उपयोग गरेर घर निर्माण गरिनुपर्छ । मन्त्री सिलवालले घर निर्माण गर्दा भुकम्प प्रतिरोधी र आफुलाई उपयोगी हुने खालको निर्माण गर्न सुझाब दिनुभयो । आफ्नो दक्षता अनुसार नेपाली पन झल्कने घर निर्माणका लागि प्राविधिकले सुझाब दिनुपर्ने भन्दै उहाँले प्रदेश सरकारले पनि वन जंगलको संरक्षण गरेर उपयोग गर्ने नीति अबलम्बन गरिरहेको बताउनुभयो । नेपालको जल, जंगल र जडिबुटी प्रगयो गरेर संमृद्धी हाँसिल गर्ने हो,उहाँले भन्नुभयो,अव जंगलमा ढलेको रुख देख्न पाउनुहुने छैन,प्रदेश सरकारले सोही अनुरुपको योजना बनाउँदैछ ।

कार्यक्रममा बोल्दै उद्योग वाणिज्य संघका अध्यक्ष सुमन श्रेष्ठले मेलाले घर निर्माण गर्न चाहाने नागरिक र व्यवसायीलाई जोड्ने काम गर्ने बताउनुभयो । उहाँले व्यवसायीको व्यवसाय प्रबद्र्धन र बजारलाई आर्थिक रुपमा चलायमान बनाउन मेला महत्वपूर्ण हुने उल्लेख गर्नुभयो । चितवनमा पहिलोपटक ‘घर बनाउने’ मेला आयोजना गरिएको हो ।

२७ गतेसम्म चल्ने मेला एसवन होम्स र भी ग्रुपले आयोजना गरेका हुन । मेलामा अत्याधुनिक, बलियो, भुकम्प प्रतिरोधी, टिकाउ र सुन्दर घर बनाउने सम्पूर्ण जानकारी एकै ठाउँमा प्राप्त गर्न सकिनेछ । मेलामा नयाँ नयाँ घर बनाउने डिजाइन र टेक्नोलोजी, घर बनाउन आवश्यक सामग्रीहरुको प्रदर्शनी, बिशेषज्ञहरुबाट निःशुल्क परामर्श, आकर्षक छुट र अफर, घरजग्गा खरिद बिक्री र सरकारी नियम कानुनको बिस्तृत विवरण प्रस्तुत गरिनेछ ।

यसप्रकारको मेला चितवनमा नै पहिलोपटक आयोजना गरिएको आयोजक निर्माण कम्पनी एसवन होम्सका अध्यक्ष सुरज न्यौपानेले जानकारी दिनुभयो । उहाँका अनुसार घरजग्गा कारोबार, निर्माण तथा निर्माण सामग्री बिक्रेता र सेवाग्राहीलाई एउटै छातामुनि सबै प्रकारका सेवा तथा जानकारी दिने उद्देश्यले मेला आयोजना गरिएको हो । ‘यो मेलाले व्यवसायी र सेवाग्राहीबीच प्रत्यक्ष भेटघाट गराउँछ’, न्यौपानेले भन्नुभयो,घर जग्गाका लागि धेरै ठाउँ भौतारिनुपर्ने बाध्यता हट्नेछ ।’

मेलामा घर बनाउन चाहिने आवश्यक सामग्री, सरकारी मापदण्ड र सुरक्षासम्बन्धी विषयमा जानकारी गराइने भी ग्रुपका अध्यक्ष विपीन कँडेलले जानकारी दिनुभयो । ‘चितवन देशकै केन्द्रविन्दु पनि हो, यसलाई लक्षित गरी उपभोक्तालाई सम्पूर्ण जानकारी दिने उद्देश्यसहित मेला आयोजना गरेका हौँ’, कँडेलले भन्नुभयो । घर तथा भवन निर्माण गर्दा चाहिने सामग्रीको जानकारीका साथै घरजग्गा किनबेच गर्न खरिदकर्ता र बिक्रेताबीच पनि भेट गराइने कँडेलले बताउनुभयो । उहाँका अनुसार मेलामा सरकारी सरोकारवाला निकाय, व्यवसायी, विज्ञ, उपभोक्ताबीच परामर्श, अभिमुखीकरण, अन्तक्र्रियालगायतका कार्यक्रम हुनेछन् ।

मेलामा घरजग्गा, निर्माण सामग्रीलगायतका गरी २५ वटा स्टल रहेका छन । मेलाले निर्माण कम्पनी, निर्माण सामग्री उत्पादक, घरजग्गा व्यवसायी, इन्जिनियर, उपभोक्ता, सर्वसाधारण, विद्यार्थीहरुलाई फाइदा पुग्ने आयोजको अपेक्षा छ । मेलामा निःशुल्क प्रवेश पासको व्यवस्था गरिएको छ । उद्योग वाणिज्य संघ–चितवन र भरतपुर महानगरपालिकाको समन्वयमा मेला आयोजना गरिएको हो ।

images
प्रकाशित मिति :बैशाख २५, २०८२ बिहिवार - २२:४४:२६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology