Logo

आइतवार, कार्तिक ३० गते २०८३

images
२०८३, कार्तिक ३० गते
images

स्वास्थ्य बिमा अहिलेकै अवस्थामा चल्न सक्दैन : मन्त्री पौडेल

स्वास्थ्य बिमा अहिलेकै अवस्थामा चल्न सक्दैन : मन्त्री पौडेल

images

इच्छाकामना न्युज

२३, बैशाख २०८२
स्वास्थ्य बिमा अहिलेकै अवस्थामा चल्न सक्दैन : मन्त्री पौडेल
images

चितवन — स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य बिमा अहिलेकै अवस्थामा चल्न नसक्ने हुँदा यसलाई दिगो बनाउनेबारे मन्त्रालयले योजना बनाएको बताएका छन् ।

सोमबार भरतपुरको सरकारी अस्पतालको क्याथ ल्याबसहितका सेवाको उद्घाटनपछि मन्त्री पौडेलले भने, ‘हामीलाई १० अर्ब रुपैयाँको सिलिङ दिइएको छ । तर यसरी नै बिमा चलाउने हो भने ४० अर्ब रुपैयाँ चाहिन्छ ।’

नले अहिलेसम्मको बाँकी बक्यौता सबै तिर्ने प्रतिबद्धता पूरा गरेरै छाड्ने बताएका छन् । बिमाबाट हुने उपचारको व्यवस्थापन राम्रो नभएको अनुभव उनले सुनाए । ‘उपचार नै नगरी गरेँ भन्ने, आवश्यकता नै नपरी होलबडी चेकअप गर्ने, नचाहिएको औषधि बिमाका नाममा दिने परिपाटी छ,’ मन्त्री पौडेलले भने । उनले बिमा बोर्डको कोष आवश्यकता पूरा गर्ने गरी नियमित आम्दानीसहितको नभएको हुँदा समस्या बढेको बताए ।

मन्त्री पौडेलले राज्यले १० अर्ब रुपैयाँ मात्रै दिने हो भने ३० अर्ब रुपैयाँ कसरी जम्मा गर्ने, त्यो बारेमा राज्य प्रस्ट हुनुपर्ने भनाइ राखे । ‘योगदान गर्न सक्ने नागरिकबाट राज्यले लिनुपर्‍यो । राज्यकोषको थोरै आम्दानी शून्य दशमलब पाँच प्रतिशत नै भए पनि बिमा कोषमा जानुपर्‍यो । पेट्रोलियम पदार्थ, मालपोत, सिमकार्ड, कर, भ्याटबाट पनि लिने कि,’ मन्त्री पौडेलले भने ।

योगदान गर्ने नागरिक सामाजिक सुरक्षा कोषमा र उपचार गर्नेहरु बिमा बोर्डमा आबद्ध हुने गरेको उनको भनाइ थियो । ‘बिमा भनेको २० जनाको गरेर दुईजनाको उपचार गर्ने हो । बिमा बोर्डमा आबद्ध भएकाहरु सबैले उपचार गर्ने भएपछि योगदान गर्ने को ? यो त बिमा प्रणालीअनुरुप नै भएन,’ मन्त्री पौडेलले भने । त्यसैले जताततै छिरोलिएको स्वास्थ्य बिमा एकीकृत गर्नुपर्ने उनले बताए । सामाजिक सुरक्षा कोष, सञ्चय कोष, नागरिक लगानी कोष, परिवार कल्याणकोषलाई बिमा बोर्डमा ल्याउनुपर्ने उनको भनाइ थियो ।

राम्रो कमाउने व्यवसायीलाई वर्षको १३ हजार रुपैयाँ कायम गर्न पनि उनले प्रस्ताव राखे । 'यस्ता नेपालभर पाँच लाख जना छन् । उनीहरुलाई महिनाको १३ सय रुपैयाँ तिर्न केही गाह्रो छैन,’ मन्त्री पौडेलले भने ।सुरक्षित बिमा कोष बनाएर नेपालका सबै ६६ लाख घर परिवारलाई स्वास्थ्य बिमामा जोड्नुपर्ने मन्त्री पौडेलको धारणा थियो ।

भरतपुर अस्पतालले बिमाबापतको ६० करोड रुपैयाँ भुक्तानी पाउन सकेको थिएन । हिजो मात्रै लगभग १८ करोड रुपैयाँ प्राप्त भएको अस्पताल प्रशासनले जनाएको छ ।

images
प्रकाशित मिति :बैशाख २३, २०८२ मंगलवार - २२:२५:०८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology