Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

आँधीमुल मन्दिरमा मत्स्य दर्शन पूजाको आयोजना

आँधीमुल मन्दिरमा मत्स्य दर्शन पूजाको आयोजना

इच्छाकामना न्युज

२२, बैशाख २०८२
आँधीमुल मन्दिरमा मत्स्य दर्शन पूजाको आयोजना
images
बाबुराम नेपाली / आँबुखैरेनी
तनहुँकाे आँबुखैरेनी गाउँ पालिका वडा नं. १ स्थित आँधीमुल मन्दिरमा यही बैशाख २६ गते मत्स्य दर्शन द्वादशीको दिन मत्स्य दर्शन पूजाको आयोजना गरिने भएको छ । यही बैशाख २१ गतेका दिन आँधीमुल क्षेत्र संरक्षण समिती र आँधीमुल क्षेत्र संरक्षण सल्लाहकार समितिको संयुक्त बैठकले सो निर्णय गरेको हो ।
गत वर्ष विभिन्न कारणवश आँधीमुलका माछाहरु मरेपछी मानवीय त्रुटीका कारणले पनि माछाहरु हुनसक्ने सम्भावनालाई मध्यनजर गर्दै जेठ ७ गते क्षमा पूजाको आयोजना गरिएको थियो । संयोगवश सो दिन पन्चाङ्ग अनुसार मत्स्य दर्शन द्वादशी परेको थियो । स्थानीय नानीराम अधिकारीले सो मत्स्य दर्शन द्वादशीको दिनलाई एउटा पर्वको रुपमा मनाउने प्रस्ताव पेश गर्नुभएको थियो । उहाँको सो प्रस्तावलाई त्यहाँ उपस्थित भेलाले सर्वसम्मत रुपमा सहमती जनाए अनुरुप यस वर्ष मत्स्य दर्शन पुजाको प्रस्ताव गरिएको आँधीमुल क्षेत्र संरक्षण सल्लाहकार समिति सदस्य रामचन्द्र पण्डितले जानकारी गराउनुभयो । उहाँका अनुसार सो दिन बिधिपुर्वक चण्डी पाठ गरि बोकाको बलि अर्पण गरेर पुजा गरिनेछ ।
अँधीमुल क्षेत्र संरक्षण समितिका अध्यक्ष हिमाल थापाले सो दिन यस क्षेत्रका सम्पुर्ण भक्तजनहरुलाई फूल अक्षता लिएर सहभागी हुन आह्वान गर्नुभएको छ । उहाँले माछालाई नै आँधीमुल मन्दिरको जिवित देवताको रुपमा पुजा गरिने भएकोले मत्स्य दर्शन द्वादशीलाई यहाँको एउटा प्रमुख पर्वकै रुपमा विकसित गरिने जानकारी गराउनु भयो ।
सो संयुक्त बैठकले सत्रसय बाट आँधीमुल जाने चोकमा प्रवेश द्वार बनाउने निर्णय पनि गरेको छ ।

images
प्रकाशित मिति :बैशाख २२, २०८२ सोमवार - ०९:०३:४६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology