Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

लमजुङ क्याम्पसमा तालाबन्दी

लमजुङ क्याम्पसमा तालाबन्दी

इच्छाकामना न्युज

२१, बैशाख २०८२
लमजुङ क्याम्पसमा तालाबन्दी
images

लमजुङ, वैशाख २१ गते । लमजुङको सुन्दरबजारस्थित कृषि तथा पशु विज्ञान अध्ययन संस्थान लमजुङ क्याम्पसमा एक सातादेखि विद्यार्थीले लगाएको तालाबन्दी खुल्न सकेको छैन । 

images
images

विभिन्न माग राख्दै विद्यार्थीले वैैशाख १५ गतेदेखि गरेको तालाबन्दी गरेका थिए । विभिन्न राजनीतिक दलसम्बद्ध विद्यार्थी सङ्गठनहरूले क्याम्पस प्रशासनमा तालाबन्दी गरेका हुन् । लमजुङ क्याम्पसस्थित नेपाल विद्यार्थी सङ्घका सभापती सौरभ उप्रेती, अनेरास्ववियुका अध्यक्ष निश्चल घिमिरे, अखिल क्रान्तिकारीका अध्यक्ष विवेक भट्टले संयुक्त विज्ञप्ती जारी गरी क्याम्पसमा तालाबन्दी गरेका हुन् । 

कृषि तथा पशु विज्ञान अध्ययन संस्थानको डिन कार्यालयले विभिन्न शुल्क सम्बन्धमा गरेको निर्णय सच्चाउन पटक पटक गरिएको आग्रहलाई बेवास्था गरिएपछि विरोधमा तालाबन्दी गर्नुुपरेको विद्यार्थी सङ्घ सङ्गठनले जनाएका छन् । 

डिन कार्यालयले गत माघमा अध्ययन संस्थान अन्तर्गतका क्याम्पसहरूमा विद्यार्थी मौका परीक्षामा अनुत्तीर्ण भए सेमेष्टरको पूर्ण शुल्क अनिवार्य गरेको थियो । सो निर्णय सच्चाउन स्वतन्त्र विद्यार्थी युनियन र विद्यार्थी सङ्गठनहरूले आवाज उठाइरहे पनि सुनुवाई नभएको विद्यार्थीको गुनासो छ । 

कृषि शिक्षा क्षेत्रमा घट्दो विद्यार्थी सङ्ख्यालाई बढाउन तर्फ नलाग्ने, तर अध्ययन गरिरहेका विद्यार्थीको मनोबल घटाउनेगरी डिन कार्यालयले काम गरेको नेविसङ्घ लमजुङ क्याम्पसका सभापति सौरभ उप्रेतीले बताउनुभयो । विश्वविद्यालय विद्यार्थीको भविष्य निर्माण गर्ने क्षेत्र बनाउनुपर्नेमा विद्यार्थीको भावना नबुझी एकलौटी हिसाबले आर्थिक भार थोपर्ने निर्णय गरिएको अनेरास्ववियुका अध्यक्ष निश्चल घिमिरेले बताउनुभयो । उहाँले मागबारे सम्बोधन नभए अन्य सशक्त आन्दोलनका कार्यक्रम गर्ने चेतावनी दिनुभयो ।  

images
प्रकाशित मिति :बैशाख २१, २०८२ आइतवार - २१:५८:०६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology