Logo

आइतवार, कार्तिक ३० गते २०८३

images
२०८३, कार्तिक ३० गते
images

छोरीसँग मिलेर बुहारीले बनाइन् योजना, २० हजार सुपारी दिएर ससुराको हत्या

छोरीसँग मिलेर बुहारीले बनाइन् योजना, २० हजार सुपारी दिएर ससुराको हत्या

images

इच्छाकामना न्युज

२०, बैशाख २०८२
छोरीसँग मिलेर बुहारीले बनाइन् योजना, २० हजार सुपारी दिएर ससुराको हत्या
images

संखुवासभा । संखुवासभामा ७२ वर्षीय वृद्धको हत्या गरेको अभियोगमा प्रहरीले एक जना महिला र तीन जना नाबालिकलाई पक्राउ गरेको छ।

खाँदबारी नगरपालिका-९ तुम्लिङटार बस्ने ७२ वर्षीय मिनबहादुर कुमालको हत्या भएको थियो।

उनको हत्या गरेको अभियोगमा प्रहरीले उनकै ४५ वर्षीया बुहारी, उनकी १३ वर्षीया छोरी र १७ वर्षका दुई जना किशोरलाई पक्राउ गरेको हो।

१७ वर्षका दुई किशोर १३ वर्षीया बालिकाका साथीहरू हुन्।  

घटना वैशाख १३ गते राति साढे १० बजेतिर हो। मिनबहादुर आफ्नै घरमा सुतिरहेको बेलामा दुई जना व्यक्ति आएर हत्या गरेको खबर प्रहरीले पाएको थियो।

उनको हत्या भएको खबर पाएपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो। दुई जना व्यक्ति आएर हत्या गरी भागेको भन्ने खबर पाएपछि जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रमुख एवं डिएसपी दक्षकुमार बस्नेतको नेतृत्वमा टोली खटिएको थियो।

७२ वर्षीय व्यक्तिको हत्या हुनुको कारणबारे प्रहरीले विभिन्न कोणबाट अनुसन्धान सुरू गरेको थियो।

प्रहरीले सूचना संकलन गर्नका लागि र अनुसन्धानका लागि भनेर प्रहरी पोशाक र सादा पोशाकमा ७६ जनाको टोली खटाएको थियो।

यस्तै त्यसबीच प्रहरीले एउटा सूचना पायो- चैत १९ गतेदेखि गाउँका विभिन्न घरमा अपरिचित व्यक्तिहरू पस्ने गरेको छ।

यसरी पसेर मानिस धम्क्याउने गरेको तर कसैको घरबाट पनि चोरी/लुटपाटको खबर भने प्रहरीले पाएको थिएन।

यो सूचनाले हत्या गर्ने तिनीहरू नै पो हुन् कि भन्ने शंका बढेको थियो।

यसैबीच प्रहरीले वैशाख १४ गते नै कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरमा समन्वय गरी तालिम प्राप्त कुकुर पनि झिकाइएको थियो।

वैशाख १५ गते कार्यालयबाट प्रादेशिक अनुसन्धान समूह (पिआइटी)को टोली पनि माग गरेको थियो। प्रहरी नायब निरीक्षकको कमाण्डमा तीन जनाको टोली खटिएको थियो।

प्रहरीले उक्त टोलीसँगको सहयोगमा प्राविधिक तथा मानवीय विश्लेषण गर्न थालेको अनुसन्धान अधिकृत प्रहरी निरीक्षक अभिशेककुमार श्रेष्ठले जानकारी दिए।

‘पिआइटीको टोली आएर प्राविधिक विश्लेषण गर्ने काम भयो। विश्लेषणले घटनामा संलग्न व्यक्तिहरू घर आसपास नै हुनुपर्ने संकेत गरेको थियो,’ उनले भने।

मोबाइलको टावर लोकेशन घटनास्थल नजिकै देखिएपछि प्रहरीले सुरूमै बुहारी, उनकी छोरीलाई सोधपुछ गरेको थियो। बुहारी-छोरी नजिकैको अर्को घरमा बस्थे।

सोधपुछ गरेपछि उनीहरूले घटनामा संलग्न थप दुई व्यक्तिको पनि परिचय खुलाएपछि चारै जनालाई वैशाख १७ गते नै पक्राउ गरेको हो।

प्रहरीको प्रारम्भिक अनुसन्धानमा घटनामा संलग्न व्यक्तिहरूको पुरानो रिसइबी र मृतक आफै पनि आपराधिक पृष्ठभूमि रहेको देखिएको छ।

प्रहरी निरीक्षक श्रेष्ठका अनुसार मृतक मिनबहादुर ज्यान मार्ने उद्योग र कर्तव्य ज्यान कसुरमा सजाय काटिसकेका व्यक्ति हुन्।

२०७१ कात्तिक ९ गते उनले आफ्नै छोराको टाउको र बुहारीलाई हातमा खुकुरी प्रहार गरेका थिए। त्यतिबेला छोरा गम्भीर घाइते भएका थिए।

ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता भई उनलाई पाँच वर्षको कैद सजाय भएको थियो। उक्त कैद सजाय भुक्तान गरेर उनी निस्किएका थिए।

यो मात्रै नभई त्यसअघि २०५९ असोज १ गते पनि उनले आफ्नो भाइ नाता पर्नेको हत्या गरेको अभियोगमा कैद भुक्तान गरिसकेका थिए।

उनका छोरा अहिले कतारमा छन्। 

‘मृतकले छोरालाई फर्किस् भने मार्ने भनेर धम्क्याउने रहेछन्। अर्को जग्गा बिक्री गर्ने भनेर पनि भन्ने गरेका रहेछन्। जग्गा बेच्न खोजेको निहुँमा पनि उनीहरूबीच विवाद रहेछ,’ प्रहरी निरीक्षक श्रेष्ठले भने।

रिसइबीका कारण बुहारीले छोरीसँग मिलेर ससुराको हत्या गर्ने योजना बनाएका थिए। 

‘गाउँमा केही व्यक्ति आएर घरघरमा त्रास फैलाउने गरेको भन्ने हल्ला चलिरहेको बेलामा उनीहरूले योजना बनाएको देखिन्छ। योजना बनाएर छोरीको साथीहरूलाई प्रयोग गरेको छ,’ उनले भने, ‘दुई जना किशोरलाई २० हजार दिने प्रलोभनमा पारेर हत्या गर्न सहमत गराएको देखिन्छ।’

मृतक मिनबहादुर वैशाख १३ गते रक्सी खाएर बसिरहेका थिए। योजना अनुसार बुहारीले अन्य दुई किशोरलाई आफ्नो घरमा पहिल्यै बोलाएर राखेका थिए।

राति उनीहरूलाई पनि रक्सी खुवाएर नजिकै रहेको मिनबहादुर बस्ने घर देखाएका थिए।

‘दुई जनाले गएर हत्या गरी फर्किए। उनीहरू पछि बुहारीकै घरमा बसिरहेका थिए,’ उनले भने, ‘घाँटी थिचेर हत्या गरेको खुलेको आशंका छ। पोष्टमर्टम रिपोर्ट आएपछि थप थाहा हुन्छ।’

ती दुई किशोर घटनापछि पनि भागेका भने थिएनन्। भागेमा प्रहरीले थाहा पाउने भन्ने आशंकाले उनीहरू बुहारीकै घरमा बस्दै आएका थिए।

यसरी प्रहरीको ध्यान समेत भड्काउन प्रहरी निरीक्षक श्रेष्ठले बताए।

प्रहरीले शुक्रबार घटनाबारे सार्वजनिक गरेको छ। यसमा संलग्न चारै जनामाथि अनुसन्धान गर्न जिल्ला अदालत संखुवासभाबाट पाँच दिन हिरासतमा राख्ने अनुमति लिएको छ।

images
प्रकाशित मिति :बैशाख २०, २०८२ शनिवार - १५:१४:०० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology