Logo

मंगलवार, कार्तिक २५ गते २०८३

images
२०८३, कार्तिक २५ गते
images

आज देशभर आंशिक बदली, पहाडी क्षेत्रमा मेघगर्जनसहित वर्षाको सम्भावना

आज देशभर आंशिक बदली, पहाडी क्षेत्रमा मेघगर्जनसहित वर्षाको सम्भावना

images

इच्छाकामना न्युज

१९, बैशाख २०८२
आज देशभर आंशिक बदली, पहाडी क्षेत्रमा मेघगर्जनसहित वर्षाको सम्भावना
images

काठमाडौं । हाल देशभर पश्चिमी वायु प्रणालीसँगै स्थानीय वायुप्रवाह सक्रिय रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। साथै, बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावा प्रवेश गरिरहेको हुँदा मौसममा प्रभाव देखिएको महाशाखाले स्पष्ट पारेको छ।

महाशाखाका अनुसार आज (बिहीबार) देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ। विशेषगरी कोशी प्रदेशलगायत देशका पहाडी भू–भागका केही स्थानमा र बागमती, गण्डकी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका हिमाली भू–भागमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको छ।

आज राति पनि कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ भने बाँकी भू–भागमा मौसम सामान्यतया सफा हुने महाशाखाले जनाएको छ। कोशी र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा रातिको समयमा समेत एक–दुई स्थानमा मेघगर्जनसहित हल्का वर्षा हुनसक्ने प्रक्षेपण गरिएको छ।

त्यस्तै, कोशी र गण्डकी प्रदेशका हिमाली क्षेत्रका केही स्थानमा हल्का वर्षा तथा हिमपातको पनि सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ। रासस

images
प्रकाशित मिति :बैशाख १९, २०८२ शुक्रवार - ०८:१५:५३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology