Logo

आइतवार, कार्तिक ३० गते २०८३

images
२०८३, कार्तिक ३० गते
images

महासंघको स्थापना दिवसको अवसरमा चितवनका पत्रकारको स्वास्थ्य परीक्षण

महासंघको स्थापना दिवसको अवसरमा चितवनका पत्रकारको स्वास्थ्य परीक्षण

images

इच्छाकामना न्युज

१८, बैशाख २०८२
महासंघको स्थापना दिवसको अवसरमा चितवनका पत्रकारको स्वास्थ्य परीक्षण
images

चितवन । नेपाल पत्रकार महासंघको ७०औँ स्थापना दिवसको अवसरमा चितवनका पत्रकारहरुको स्वास्थ्य परीक्षण गरिएको छ । नेपाल पत्रकार महासंघ चितवनको आयोजना र जनस्वास्थ्य कार्यालय चितवनको प्राविधिक सहयोगमा बिहीबार १०० जना पत्रकारहरुको नसर्ने रोगहरुको स्वास्थ्य परीक्षण गरिएको हो । नसर्ने रोगहरुमा मधुमेह, मृगौला सम्बन्धि, रक्तचाप र उचाइ र तौलको आधारमा जोखिम भारवहन जाँच गरिएको थियो ।
यसअघि चैत १६ गते नै स्थापना दिवस मनाउने तयारी भएकामा पत्रकार सुरेश रजकको हत्या र सञ्चारमाध्यममा भएको आक्रमणका कारण स्थगित भएको थियो । चैत १६ गते काठमाडौंको तीनकुनेमा राजावादीले गरेको हिंसात्मक प्रदर्शनीका क्रममा पत्रकार रजकको हत्या र सञ्चारमाध्यमहरुको कार्यालय तोडफोड भएको थियो । महासंघको केन्द्रीय कार्यालयले गरेको परिपत्रका आधारमा बिहीबार पत्रकारहरुको स्वास्थ्य परीक्षण गरिएको हो ।
नेपाल पत्रकार महासंघ चितवन शाखाका कार्यबहाक अध्यक्ष दिपेन्द्र अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य नारायण अधिकारी प्रमुख अतिथि रहेका थिए । जनस्वास्थ्य कार्यालय चितवनका प्रमुख दिनेश रुपाखेती, महासंघ चितवनकी उपाध्यक्ष शान्ता अधिकारी लगायतले बोलेको थिए ।
स्थापना दिवसकै अवसरमा वैशाख २० गते प्रेस स्वतन्त्रता लगायतका विषयमा रचनात्मक कार्यक्रम गर्न महासंघले सबै प्रदेश समिति र जिल्ला समितिलाई अनुरोध गरेको छ । वैशाख २० गते विश्व प्रेस स्वतन्त्रता दिवस पनि हो ।

images
प्रकाशित मिति :बैशाख १८, २०८२ बिहिवार - १८:०३:१५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology