Logo

आइतवार, कार्तिक ३० गते २०८३

images
२०८३, कार्तिक ३० गते
images

राप्ती नदीमा रहेका गोहीका गुँडमध्ये सात वटाबाट दुई सय ३२ वटा अण्डा सङ्कलन

राप्ती नदीमा रहेका गोहीका गुँडमध्ये सात वटाबाट दुई सय ३२ वटा अण्डा सङ्कलन

images

इच्छाकामना न्युज

१७, बैशाख २०८२
राप्ती नदीमा रहेका गोहीका गुँडमध्ये सात वटाबाट दुई सय ३२ वटा अण्डा सङ्कलन
images

चितवन, वैशाख १७ । चितवन राष्ट्रिय निकुञ्ज हुँदै बग्ने राप्ती नदी किनारमा जोखिममा रहेका गोहीका गुँडमध्ये सात वटाबाट अण्डा सङ्कलन गरिएको छ । निकुञ्जले घडियाल गोहीको गुँड खोजी गरी अण्डा सङ्कलन गरेको हो ।

निकुञ्जका सूचना अधिकारी अविनास थापा मगरका अनुसार १८ वटा गुँड पहिचान गरी तीमध्ये सात वटाबाट अण्डा सङ्कलन गरिएको हो । ती गुँडमा रहेका दुई सय ३२ वटा अण्डा सङ्कलन गरी गोही प्रजनन केन्द्रमा ल्याइएको उहाँले जानकारी दिनुभयो । निकुञ्जले राप्ती नदी क्षेत्रमा गत चैत १ गतेदेखि गुँड खोज्ने कार्य सुरु गरेको थियो ।
गत वर्ष राप्ती नदीमा भेटिएका १६ गुँडमध्ये आठ वटाका अण्डा निकालिएको थियो । यस वर्ष राप्ती नदीको पूर्वबाट अण्डा सङ्कलन सुरु गरिएको थियो । गत वर्ष दुई सय ४७ वटा अण्डा सङ्कलन गरी कोरलिएको मगरले बताउनुभयो । उहाँले भन्नुभयो, “गोहीको प्राकृतिक रूपमा बच्चा कोरल्ने दर कम भएकाले हरेक वर्ष अण्डा सङ्कलन गरेर गोही प्रजनन केन्द्रमा ल्याउने गरेका छौँ ।”

गोहीको अण्डाबाट प्राकृतिक रूपमा बच्चा कोरल्नका लागि तापक्रम नमिल्ने भएकाले अण्डा सङ्कलन गरेर केन्द्रमा ल्याउने गरिन्छ । प्राकृतिक रूपमा बच्चा कोरल्नका लागि छोडिँदा सर्प, चराहरू र अन्य जनावारबाट हानिनोक्सानी हुने र कतिपय गुँड नदीमा बाढी आउँदा बगाउने भएकाले अण्डा सङ्कलन गर्ने गरिएको उहाँले बताउनुभयो । अण्डा सङ्कलनका लागि निकुञ्जका छ जना कर्मचारी सहभागी छन् ।

निकुञ्जले गोही प्रजनन केन्द्र स्थापना गरेर नदी किनारका जोखिमा रहेका गुँडबाट अण्डा सङ्कलन गरेर प्रजनन केन्द्रमा ल्याएर कोरल्ने गर्दछ । कोरलिएका बच्चाहरू हुर्काएर पुनः विभिन्न नदीमा छोड्ने गरिएको छ । यहाँ हुर्किनका घडियाल गोही नारायणी, राप्ती, कर्णालीलगायत नदीमा छाडिँदै आइएकामा पछिल्लो समयमा राप्ती र नारायणीमा मात्रै छाड्ने गरिएको निकुञ्ज कार्यालयले जनाएको छ ।

सन् १९७८ मा प्रजनन केन्द्र स्थापना भएपछि गोहीको बच्चा हुर्काएर सन् १९८१ बाट नदीमा छाड्न थालिएको हो । नारायणी र राप्ती नदीमा छाडिएका गोही बाढीले बगाएर भारत पुग्ने र त्रिवेणी बाँधका कारण पुनः फर्किएर आउन नसक्ने समस्या रहेको निकुञ्जका सूचना अधिकारी मगरको भनाइ छ ।

कतिपय गोही माछा मार्न प्रयोग हुने तियारी जालमा फसेर मर्ने गरेका छन् । नदीजन्य पदार्थ उत्खननलगायत मानवीय अतिक्रमणका कारण पनि गोही संरक्षण चुनौतीपूर्ण बन्दै गएको छ । रासस

images
प्रकाशित मिति :बैशाख १७, २०८२ बुधवार - १९:०४:१२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology