Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

सरकार-शिक्षक वार्ता सहमति नजिक, आज अन्तिम रूप दिने तयारी

सरकार-शिक्षक वार्ता सहमति नजिक, आज अन्तिम रूप दिने तयारी

इच्छाकामना न्युज

१७, बैशाख २०८२
सरकार-शिक्षक वार्ता सहमति नजिक, आज अन्तिम रूप दिने तयारी
images

काठमाडौं, १७ वैशाख । आन्दोलनरत शिक्षक महासंघ र सरकारबीचको वार्ता सहमति नजिक पुगेको छ । मंगलबार अबेर रातिसम्म चलेको वार्ता सहमति नजिक पुगेको शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले जानकारी दिए ।

images
images

शिक्षकसँगको वार्ता छिटो टुङ्गो लगाउन लागिएको उनले बताए । ‘हामी शिक्षकहरूसँग वार्तामा छौं। वार्ता सकारात्मक ढंगले अघि बढिरहेको छ’, उनले भने, ‘सम्भव भएसम्म हामी त्यसलाई छिटो टुंग्याउन प्रयत्न गर्छौँ ।’ शिक्षामन्त्री पन्त र महासंघका पदाधिकारीबीचको वार्ता मंगलबार राति ८ बजेदेखि साढे १० बजेसम्म चलेको थियो ।

वार्तामा उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र गृहमन्त्री रमेश लेखक पनि सहभागी भएका थिए । महासंघका तर्फबाट अध्यक्ष लक्ष्मीकिशोर सुवेदी नेतृत्वमा शिक्षकहरूको टोली वार्तामा सहभागी भएको थियो । शिक्षक महासंघले सरकार समक्ष ९ बुँदे प्रस्ताव पेश गरेको छ । उक्त प्रस्ताव मन्त्रिपरिषद्‌बाट पास भएमा शिक्षक महासंघले आन्दोलनको शैली फेर्ने बताएको छ । मन्त्रिपरिषद्ले निर्णय गर्नुपर्ने कुरा महासंघका तर्फबाट राखेको र त्यसमा ठोस निर्णय नभइसकेको महासंघकी सहअध्यक्ष नानुमाया पराजुलीले बताइन् ।

उनका अनुसार आज फेरि छलफल गर्ने समझदारी भएको छ। आजै सहमति हुन सक्ने उनको विश्वास थियो । मन्त्रालय र शिक्षकबीच सहमति जुटे आजै हस्ताक्षर गर्ने तयारी छ । शुरूमा आन्दोलनरत पक्ष आन्तरिक बैठक बसेर त्यसपछि सरकारसँग वार्तामा बस्नेछ । आन्तरिक बैठकपछि दिउँसो २ बजे सरकार र शिक्षकबीच वार्ता हुनेछ । महासंघ सहअध्यक्ष पराजुलीले नौवटा बुँदामा सहमतिनजिक पुगेको बताइन् ।

वार्ता सकेर बाहिरिने क्रममा पत्रकारहरूलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले मन्त्रिपरिषद् बैठकबाट सम्बोधन हुन सक्ने बुँदाहरूमा छलफल भएको र बुधबार बेलुकासम्म निष्कर्षमा पुग्ने जानकारी गराइन् । नौ बुँदामा के-के छन् भन्नेचाहिँ उनले खुलाएनन् । तत्काल सम्बोधन हुने माग मन्त्रिपरिषद्‌बाट निर्णयगरी अगामी बजेटमार्फत सम्बोधन गरिने र अन्य माग ऐनबाटै सम्बोधन हुनेगरी सहमतिको वातावरण बनेको हो ।

शिक्षक संघ सङ्गठनहरूले विभिन्न माग राखी गत चैत २० गतेदेखि आन्दोलन गरिरहेका छन् । जसका कारण देशभरका सामुदायिक विद्यालयमा शैक्षिक सत्र २०८२ को शुरूदेखि नै पठनपाठन प्रभावित भएको छ । औपचारिकरूपमा सहमतिमा हस्ताक्षर नभएकाले आज पनि आन्दोलन भने जारी रहने महासंघले जनाएको छ ।

सरकार पक्षसँग लगातार छलफल र संवाद चलिरहे पनि आन्दोलन जारी रहने शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले बताए । उनले आज पनि शिक्षकहरूलाई बिहान ११ बजे माइतीघरमा भेला हुन शिक्षकहरूलाई आह्वान गेका छन् ।

images
प्रकाशित मिति :बैशाख १७, २०८२ बुधवार - ०७:५४:०५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology