Logo

मंगलवार, कार्तिक २५ गते २०८३

images
२०८३, कार्तिक २५ गते
images

आज देशभरको मौसम : चट्याङ, वर्षा र हिमपातको सम्भावना, सतर्क रहन आग्रह

आज देशभरको मौसम : चट्याङ, वर्षा र हिमपातको सम्भावना, सतर्क रहन आग्रह

images

इच्छाकामना न्युज

१७, बैशाख २०८२
आज देशभरको मौसम : चट्याङ, वर्षा र हिमपातको सम्भावना, सतर्क रहन आग्रह
images

काठमाडौँ । देशभर हाल पश्चिमी वायु, स्थानीय वायुसँगै बङ्गालको खाडीबाट भित्रिएको जलवाष्पयुक्त हावाको प्रभाव देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यस प्रभावका कारण विशेषगरी कोशी प्रदेश र देशका पहाडी क्षेत्रहरूमा आंशिकदेखि सामान्य बदलीको अवस्था कायम छ भने अन्य क्षेत्रमा मौसम मुख्यतया सफा देखिएको छ । कोशी प्रदेशका केही स्थानहरूमा अहिले नै चट्याङ्गसहित हल्का वर्षा भइरहेको जनाइएको छ ।

दिउँसोको मौसम पूर्वानुमानअनुसार, देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ र ती क्षेत्रका थोरै स्थानहरूमा तथा बाँकी भूभागका एक-दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा हुन सक्ने सम्भावना छ । कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली भागका केही स्थानमा हल्का वर्षासँगै हिमपात पनि हुन सक्नेछ ।

साथै, लुम्बिनी प्रदेशको तराई क्षेत्रमा हावाहुरीको सम्भावना रहेकोले सावधानी अपनाउन भनिएको छ । आज राति पनि मौसममा उल्लेख्य परिवर्तन देखिनेछ । कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका पहाडी भागहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा हुन सक्नेछ भने हिमाली क्षेत्रका केही स्थानहरूमा हिमपातको सम्भावना छ ।

महाशाखाले यस्ता मौसमी गतिविधिका कारण दैनिक जनजीवन, कृषि कार्य, स्वास्थ्य, सवारी आवागमन तथा हवाई उडानहरूमा असर पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन सबैलाई अनुरोध गरेको छ ।

images
प्रकाशित मिति :बैशाख १७, २०८२ बुधवार - ०७:४६:३७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology