Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

इच्छाकामना गाउँपालिकाद्वारा शैक्षिक क्रियाकलापहरुलाई निरन्तरता दिन विद्यालयहरुलाई निर्देशन

इच्छाकामना गाउँपालिकाद्वारा शैक्षिक क्रियाकलापहरुलाई निरन्तरता दिन विद्यालयहरुलाई निर्देशन

इच्छाकामना न्युज

१५, बैशाख २०८२
इच्छाकामना गाउँपालिकाद्वारा शैक्षिक क्रियाकलापहरुलाई निरन्तरता दिन विद्यालयहरुलाई निर्देशन
images

इच्छाकामना । चितवनको इच्छाकामनामा शैक्षिक क्रियाकलापहरुलाई निरन्तरता दिन शिक्षक महासंघ इच्छाकामना,विभिन्न शिक्षक संगठनहरु सहमत भएका छन् ।

images
images

शिक्षकहरुको आन्दोलनका कारण ठप्प बनेको शैक्षिक क्रियाकलापहरुलाई नियमितरुपमा सञ्चालन गर्न सहमत भएका हुन् ।

सोमबार गाउँपालिका अध्यक्ष तथा शिक्षा समितिका अध्यक्ष दान बहादुर गुरुङको अध्यक्षतामा बसेको बैठकले नियमित शैक्षिक क्रियाकलापहरुलाई शिक्षक महासंघको राष्ट्रव्यापी शैक्षिक आन्दोलनका कारणले भर्ना अभियान, पाठ्यपुस्तक वितरण र शैक्षिक सत्र २०८१ को आधारभूत (तह कक्षा ८) को ग्रेड वृद्धि परिक्षा सञ्चालन हुन बाँकी रहेको कार्य यथाशिघ्र सञ्चालन गर्ने र विद्यालयहरुले यस महिनाभित्र सम्पादन गर्नुपर्ने नियमित विद्यालय प्रशासनिक कार्य तोकिएको समयभित्र गर्न निर्देशन दिएको छ ।

शिक्षा समितिको उक्त निर्णयमा नेपाल शिक्षक महासंघ इच्छाकामनाका अध्यक्ष शिव प्रसाद तिमिल्सिना, नेपाल शिक्षक संघका अध्यक्ष यान बहादुर गुरुङ, राष्ट्रिय शिक्षक संगठन इच्छाकामनाका अध्यक्ष सुजन सापकोटा, एकिकृत अखिल नेपाल शिक्षक संगठनका अध्यक्ष हिमलाल अधिकारीले हस्ताक्षर गरेका छन् ।

बैठकमा उपाध्यक्ष माया सिलवाल, प्रमुख प्रशासकिय अधिकृत चन्द्रकान्त बस्नेत, शिक्षा शाखा प्रमुख राजेन्द्र बहादुर रोकाय, वडा नम्बर ४ का वडा अध्यक्ष रुद्र प्रसाद उप्रेती, प्याव्सन इच्छाकामनाका अध्यक्ष टंक प्रसाद त्रिपाठी, एकराज शर्मा लगायतको उपस्थिति रहेका थिए ।

इच्छाकामनामा बैशाख ३ गते देखि नै संस्थागत र सामुदायिक विद्यालयहरुमा भर्ना अभियान, घरदैलो कार्यक्रम, अभिभावक सचेतना कार्यक्रम, पाठ्य पुस्तक वितरण र ग्रेड वृद्धि लगायतका शैक्षिक क्रियालापहरु सञ्चालन हुदैँ आएको र बाँकी विद्यालयहरुलाई पनि शैक्षिक क्रियाकलापहरु यथाशिघ्र सञ्चालन गर्न निर्देशन दिएको गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङले बताउँनुभयो ।

बालबालिकाको पठनपाठनलाई बन्दले नराम्रो प्रभाव पार्न नदिन शैक्षिक क्रियाकलापलाई आन्तरिक रुपमा नियमित सञ्चालन गर्ने निर्णय गरिएको जनाएको छ

images
प्रकाशित मिति :बैशाख १५, २०८२ सोमवार - २३:२२:१२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology