Logo

आइतवार, कार्तिक ३० गते २०८३

images
२०८३, कार्तिक ३० गते
images

जन्डिसको सुइ लगाएको दुई मिनेटमै मृत्यु

जन्डिसको सुइ लगाएको दुई मिनेटमै मृत्यु

images

इच्छाकामना न्युज

१५, बैशाख २०८२
जन्डिसको सुइ लगाएको दुई मिनेटमै मृत्यु
images

घोडाघोडी(कैलाली), वैशाख १५ गते । कैलालीको घोडाघोडी नगरपालिका वडा नम्बर ८ का निरजबहादुर शाहीको स्थानीय मेडिकलमा सुई लगाएको दुई मिनेटमा निधन भएको छ । ३५ वर्षीय शाही सोमबार बिहान टाउको दुखेपछि नजिकै रहेको दहित मेडिकलमा पुग्नुभएको थियो ।

उक्त मेडिकल सञ्चालक इन्द्र दहित काठमाडौँ गएको अवस्थामा मेडिकलमा कार्यरत ल्याब असिस्टेन्ट महावीर चौधरीले जन्डिस छ भन्दै सुई लगाएको केही समयमै शाहीको निधन भएको प्रत्यक्षदर्शीले बताउनुभयो । झाडापखालको उपचार गराउन गएका सोही ठेगाना भएका खडकबहादुर साउँदले भन्नुभयो “मलाई सलाइन चढाएपछि निरज भाइलाई एउटा इन्जेक्सन दिइएको थियो ।

इन्जेक्सन दिने बित्तिकै खोक्न थाल्नुभयो । खोक्दा खोक्दै मुखबाट फिज आयो । एकछिनमा छटपटिन थाल्नुभयो, मुखबाट फिजसहितको लहरा जस्तो फाल्नुभयो ।” बिरामीको अवस्था एक्कासी छटपटिएको देखेपछि साउँदले के भयो भन्दै प्रश्न गर्नुभयो । चिकित्सकले कसैकसैलाई इन्जेक्सनले यस्तै हुन्छ भन्दै मुखबाट कृतिम श्वास दिने प्रयास गरे पनि उहाँको मृत्यु भइसकेको प्रत्यक्षदर्शी साउँदले सुनाउनुभयो ।

मृतक शाहीका ससुरा रामबहादुर शाहीले बिहानसँगै खाजा खाएर ज्वाइँ मेडिकल गएको बताउनुभयो । शाहीले भन्नुभयो “सँगै चिया खाजा खाएर छोराछोरी स्कुल छोडेर टाउको दुखेको छ भन्दै मेडिकल जानुभएको हो । एकै छिनमा मृत्युको खबर सुन्न पर्‍याे। केहि नभएको मेरो ज्वाइँको मृत्यु कसरी भयो ? सुई लगाउने मान्छे किन भाग्यो ? हामीलाई न्याय चाहिन्छ ।” निरजको निधन भएको केहि क्षणमै ल्याब असिस्टेन्ट चौधरी भागेका छन् । घटनाको जानकारी गराए लगत्तै इलाका प्रहरी कार्यालय सुखडबाट आजैमात्र सरुवा भई आउनुभएका कार्यालय प्रमुख एवम् डिएसपी रमेश अवस्थीको नेतृत्वमा १० जना प्रहरी घटनास्थलमा खटिएका छन् ।

घटना भएलगतै फरार चौधरीको खोजी कार्य भइरहेको मेडिकल सञ्चालक इन्द्र दहितले जानकारी दिनुभयो । शव पोस्टमार्टमका लागि पठाउने तयारी भएको डिएसपी अवस्थीले जानकारी दिनुभयो । अहिले घटनास्थलमा मृतकका आफन्त तथा स्थानीयको भिडभाड लागेको छ ।

images
प्रकाशित मिति :बैशाख १५, २०८२ सोमवार - २३:०४:५३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology