Logo

आइतवार, कार्तिक ३० गते २०८३

images
२०८३, कार्तिक ३० गते
images

बालेनप्रति सुनिताको कटाक्ष- ‘स्टन्ट गरेर देश बन्दैन’

बालेनप्रति सुनिताको कटाक्ष- ‘स्टन्ट गरेर देश बन्दैन’

images

इच्छाकामना न्युज

११, बैशाख २०८२
बालेनप्रति सुनिताको कटाक्ष- ‘स्टन्ट गरेर देश बन्दैन’
images

काठमाडौं : काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले मेयर बालेन शाहप्रति कटाक्ष गरेकी छन्। उनले बालेनलाई लक्षित गर्दै सामाजिक सञ्जालमा देखावटी स्टन्ट गरेर राष्ट्र निर्माण नहुने बताइन्।

एमालेको ‘यूथ सेलिब्रेसन’ कार्यक्रममा बोल्दै उनले इमान्दार काम नै देश विकासको मुख्य आधार भएको प्रस्ट पारिन्। डंगोलले काठमाडौंका मेयर शाहलाई लक्षित गर्दै भनिन्- ‘अहिले हामीले देख्छौं। धेरै जनाले स्टन्ट गर्नुहुन्छ। बोल्नुहुन्छ। पपुलर बन्नुहुन्छ। पपुलिष्ट भएर नै देश बन्छ जस्तो पनि लाग्छ। अरुलाई गालि गरेरनै देश बन्छ जस्तो पनि लाग्छ। तर स्टन्ट गरेर देश बन्दैन। देश बनाउने हो भने काममा इमान्दारिता हुनुपर्छ। त्यसैले हामी स्टन्ट गर्ने युवा हैनौं। काम गर्ने युवा बनौं, हामी अराजक युवा हैनौं।’

उनले पछिल्लो समय आफू सामाजिक सञ्जालमा विभिन्न आरोपहरूको शिकार हुनुको कारण पनि स्पष्ट पारिन्। ‘मैले गरेको काम देश र सहरभित्र मात्रै होइन, अन्तराष्ट्रिय रुपमा पनि काठमाडौंमा गरेको राम्रो कामको अनुभव साट्नको लागि निमन्त्रण गर्नुभयो। संसारका विभिन्न ठाउँमा गएर आफूले गरेको काम र अनुभव साट्ने र सिक्ने यात्रालाई पनि सँगसँगै लगिरहे, त्यसले पनि धेरैलाई पोल्यो। ती व्यक्तिहरू राष्ट्रविरोधि हुन् अहिले पनि ती तत्वहरू सल्बलाइरहेका छन्,’ उनले भनिन्। 
 
प्रधानमन्त्री केपी ओलीको प्रसंग उल्लेख गर्दै उनले राष्ट्रवादी सोच र विकासमुखी कामले नै ओलीलाई पनि आलोचना र आक्रमणको सामना गर्नुपरेको बताइन्। 

images
प्रकाशित मिति :बैशाख ११, २०८२ बिहिवार - १९:०७:२३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology