Logo

मंगलवार, कार्तिक २५ गते २०८३

images
२०८३, कार्तिक २५ गते
images

सशस्त्र प्रहरीका ११ एसएसपीको सरुवा (सूचीसहित)

सशस्त्र प्रहरीका ११ एसएसपीको सरुवा (सूचीसहित)

images

इच्छाकामना न्युज

११, बैशाख २०८२
सशस्त्र प्रहरीका ११ एसएसपीको सरुवा (सूचीसहित)
images

काठमाडौं : सशस्त्र प्रहरी बलका ११ जना वरिष्ठ उपरीक्षक (एसएसपी) को सरुवा गरिएको छ। बिहीबार गृहमन्त्री रमेश लेखकले १२ डीआईजी र ११ जना एसएसपीको सरुवा गर्ने निर्णय गरेका हुन्। 

एसएसपी मनिष थापा बराह बाहिनी सुनसरीबाट कार्य विभागमा सरुवा भएका छन्। कमलप्रसाद तिउसिनालाई बिन्ध्यावासिनी बाहिनी रुपन्देहीबाट खेलकुद तथा शारिरीक सुगठन शिक्षालयमा सरुवा गरिएको सशस्त्र प्रहरी बलले जानकारी दिएको छ। 

यस्तै सुधिरजंग थापा बराह बाहिनी सुनसरी, माधवप्रसाद पौडेल भण्डार महाशाखा, उद्धवबहादुर न्यौपाने हुल तथा दंगा व्यवस्थापन तालिम शिक्षालय लामापाटन पोखरा, राजेन्द्र खड्का एपीएफ इन्टेलिजेन्स ब्युरो र किरण ढुंगानालाई यूएन शान्ति स्थापना तालिम शिक्षालय ककनी नुवाकोटमा सरुवा गरिएको छ। 

सशस्त्र प्रहरीका १२ डीआईजीको सरुवा, ६ प्रदेशमा प्रमुख परिवर्तन

रविनराज कर्णजीत सीमा सुरक्षा विभाग, भरत खनियाँ विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटार, विकास घिमिरे प्रबन्ध महाशाखामा सरुवा भएका छन्।

 

जहरसिंह बुढामगरलाई काकार्य विभागबाट पर्वतीय उद्दार तालिम शिक्षालय मनाङमा सरुवा गरिएको सशस्त्र प्रहरीका अतिरिक्त महानिरीक्षक बंशीराज दाहालले जानकारी दिएका छन्।

 
whatsapp sharing buttonsharethis sharing button
 
 
 
 
 

images
प्रकाशित मिति :बैशाख ११, २०८२ बिहिवार - १९:०३:०८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology