Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

आजदेखि विश्व खोप सप्ताह, आजै ‘इन्टरनेशनल ग्रल्स आइसिटी डे’

आजदेखि विश्व खोप सप्ताह, आजै ‘इन्टरनेशनल ग्रल्स आइसिटी डे’

इच्छाकामना न्युज

११, बैशाख २०८२
आजदेखि विश्व खोप सप्ताह, आजै ‘इन्टरनेशनल ग्रल्स आइसिटी डे’
images

काठमडौं । आजदेखि विश्व खोप सप्ताह सुरु भएको छ । यस्तै, आजै ‘इन्टरनेशनल ग्रल्स आइसिटी डे’ पनि परेको छ । खोप सप्ताह र इन्टरनेशनल ग्रल्स आइसिटी डे संयुक्त राष्ट्रसङ्घको आह्वानमा हरेक वर्ष अप्रिल २२ मा आयोजना हुने गरेको छ ।

images
images

विश्व खोप सप्ताहको उद्देश्य आवश्यक सबै उमेरका मानिसलाई रोगबाट जोगाउनु तथा खोपको प्रयोगलाई प्रवर्द्धन गर्नु हो ।  विश्व स्वास्थ्य सङ्गठनका अनुसार विगत ५० वर्षमा खोपका १५ करोड ४० लाख जीवन जोगिएको छ । शिशुको बाँच्ने अवस्थामा ४० प्रतिशतले योगदान  पुगेको तथा बचाइएका जीवनको ६० प्रतिशत हिस्सा दादुरा खोपले ओगटेको छ ।

बालकदेखि वृद्धसम्मलाई रोगप्रतिरोधात्मक क्षमतायुक्त बनाउने विभिन्न खोपले औलो, इन्फ्लुएन्जा, गर्भवतीहरूलाई टिटानस  किशोरीहरूलाई एचपीभीबाट जोगाउँछ । ‘सबैका लागि खोप मानव रूपमा सम्भव छ’ नाराका साथ यो वर्ष खोप सप्ताह मनाइँदैछ ।

सूचना प्रविधिको क्षेत्रमा केटीहरूलाई पनि समान रुपमा अवसर दिनुपर्नेमा जोड दिँदै समावेशी डिजिटल रूपान्तरणका लागि सूचना प्रविधिमा केटीहरू शीर्षकमा आज किर्गिस्तान र इस्लामिक गणतन्त्र मोरिटानियामा डिजिटल विकास र नवीन प्रविधिबारे भौतिक रुपमा उपस्थित भएर तथा  श्रव्यदृश्यका माध्यमबाट छलफल गरिने छ ।

अन्तर्राष्ट्रिय बहुपक्षीयता र शान्तिका लागि कूटनीति दिवस पनि आजै परेको छ । यो दिवस सन् २०१८ देखि मनाउन थालिएको हो । अन्तर्राष्ट्रिय शान्ति र सुरक्षाप्रतिको प्रतिबद्धतालाई दोहोर्‍याउँदै विश्वका १४४ राष्ट्रका सरकार प्रमुख एवं प्रतिनिधिले अन्तर्राष्ट्रिय बहुपक्षीयता दिवस मनाउने प्रस्ताव गरेका थिए ।

images
प्रकाशित मिति :बैशाख ११, २०८२ बिहिवार - ०९:२६:२२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology