Logo

आइतवार, कार्तिक ३० गते २०८३

images
२०८३, कार्तिक ३० गते
images

चितवनसहित देशभर गर्मी बढ्यो

चितवनसहित देशभर गर्मी बढ्यो

images

इच्छाकामना न्युज

१०, बैशाख २०८२
चितवनसहित देशभर गर्मी  बढ्यो
images

चितवन, वैशाख १० । चितवनसहित देशभर गर्मी बढेको छ । गर्मीका कारण जनजिवन प्रभावित बन्न थालेको छ । भरतपुर विमानस्थल कार्यालयको रेकर्ड अनुसार आज (बुधबार) भरतपुरको अधिकतम तापक्रम ३९ डिग्री सेल्सियस पुगेको छ। दिउँसो तीन बजे ३९ डिग्री सेल्सियस मापन गरिएको कार्यालयले जनाएको छ । आज बिहान ६ बजे २३ र मध्यन्ह १२ बजे ३८ डिग्री तापक्रम मापन भएको कार्यालयले नारायणी अनलाइनलाई जानकारी दिएको छ ।

त्यस्तै हिजो (मंगलबार) पनि जिल्लाको अधिकतम तापक्रम ३९ डिग्री सेल्सियस नै मापन भएको थियो भने सोमबार ३८ डिग्री  मापन भएको थियो । हिउँदे खडेरीपछि केही दिनअघि परेको पानीले शीतल महशुस गरिए पनि केही दिनयता जिल्लामा गर्मी बढ्दा जनजीवन प्रभावित भएको छ। बढ्दो गर्मीका कारण मानिसहरूमा आँखा पोल्ने, टाउको दुख्ने, रिँगटा लाग्ने र जिउ चिलाउने लगायत स्वास्थ्य समस्या देखिन थालेको छ।

images
प्रकाशित मिति :बैशाख १०, २०८२ बुधवार - १७:३४:३६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology