भरतपुर । भरतपुर महानगरपालिका वडा नं–१८, चनौली बजारमा नम्बर नखुलेको स्कुटर अनियन्त्रित भई दुर्घटना हुँदा एक बालकको उपचारका क्रममा मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका स्कुटर चालक भरतपुर–१८ बस्ने १६ वर्षीय आर्जन गहतराजलाई शनिबार राति १२ः०० बजे उपचारका लागि नयाँ मेडिकल कलेज (सिएमसी), भरतपुरमा ल्याइएकोमा आइतबार बिहान ०३ः१८ बजे मृत्यु भएको हो ।