Logo

आइतवार, कार्तिक ३० गते २०८३

images
२०८३, कार्तिक ३० गते
images

भरतपुरमा दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई चालकको मृत्यु, तीन जना घाइते

भरतपुरमा दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई चालकको मृत्यु, तीन जना घाइते

images

इच्छाकामना न्युज

६, बैशाख २०८२
भरतपुरमा दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई चालकको मृत्यु, तीन जना घाइते
images
भरतपुर । भरतपुर महानगरपालिका वडा नं–२५, छाता चोकमा दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई चालकको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार बुद्धनगरबाट अमृत चोकतर्फ गइरहेको ना. ५१ प. २०४० नम्बरको मोटरसाइकल र देवीस्थानबाट मुख्य सडकमा निस्किँदै गरेको बागमती प्रदेश ०६–००२ प. १३०४ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएर दुर्घटना भएको हो।दुर्घटनामा भरतपुर–२७ निवासी ३९ वर्षीय टेकबहादुर पुलामीमगर र भरतपुर–२० निवासी ३५ वर्षीय विशाल भट्टराईको ज्यान गएको छपुलामीमगरको उपचारका क्रममा पुरानो मेडिकल कलेज (सिएसएस) भरतपुरमा र भट्टराईको भरतपुर सरकारी अस्पतालमा मृत्यु भएको हो।
 
दुर्घटनामा घाइते हुनेमा २० वर्षीय सफल पौडेल, २७ वर्षीया केशरी पुलामीमगर र १७ वर्षीया सुजिता पुलामीमगर रहेका छन्। घाइतेमध्ये केशरीको अवस्था गम्भीर रहेको र उनको उपचार पुरानो मेडिकल कलेजमा भइरहेको प्रहरीले जनाएको छ। दुर्घटनामा संलग्न दुवै मोटरसाइकललाई प्रहरीले नियन्त्रणमा लिएको छ। 

images
प्रकाशित मिति :बैशाख ६, २०८२ शनिवार - २३:०६:४३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology