धादिङ । काठमाडौंबाट पोखरा गइरहेको बोलेरो धादिङमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
बागमती प्रदेश प्रहरी कार्यालयका अनुसार पृथ्वी लोकमार्गमा काठमाडौंबाट पोखरातर्फ जाँदै गरेको प्र ३-०१-०२३ च ६५८ नम्बरको बोलेरो मध्यराति १२ बजेतिर अर्को सवारीसाधनमा ठोक्किएर दुर्घटना भएको हो।
दुर्घटनामा घाइते भएका ललितपुर बागमति गाउँपालिका- १ का ३४ वर्षीय थुलबाबु थिंङको मृत्यु भएको हो। उनको शब ट्रमा सेन्टरमा रहेको छ।
बोलेरोमा ५ जना यात्रु सवार थिए। प्रहरीले बलेरो र चालक रामेछाप मन्थली नगरपालिका-८ का ३४ वर्षीय अरुण कार्कीलाई नियन्त्रणमा लिएको छ।