Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

ट्याक्टरले खेत जोत्दै मधेशका महिला

ट्याक्टरले खेत जोत्दै मधेशका महिला

इच्छाकामना न्युज

४, बैशाख २०८२
ट्याक्टरले खेत जोत्दै मधेशका महिला
images

चन्द्रपुर (रौतहट),  । परम्परागत रूपमा घरेलु काम र खेतको सामान्य श्रममा सीमित मधेशका महिला आधुनिक कृषिमा सव्रिmय भूमिका खेल्न थालेका छन् । रौतहटका महिला खेतमा काम गर्ने मात्र होइन ट्याक्टर चलाउँदै खेत जोत्ने काममा समेत होमिन थालेका छन् ।

images
images

रौतहटको राजपुर र चन्द्रपुर नगरपालिकामा केही वर्षअघिसम्म ट्याक्टर चलाउने काम केवल पुरुषले गर्ने काम मानिन्थ्यो । पछिल्लो समय महिलाले समेत कृषि मेसिन चलाउने तालिम लिएर यस्तो काममा अग्रसरता देखाएका हुन् । 

रौतहटको राजपुर नगरपालिका–१, भगवानपुरकी ३४ वर्षीय सावित्री देवी पहिले खेतमा झार मात्र काट्ने गरेकोमा अहिले आफै ट्याक्टर चलाएर जोत्न थालेको बताउनुहुन्छ । “यसले हाम्रो आत्मविश्वास बढाएको छ,” उहाँ भन्नुहुन्छ । स्थानीय स्तरमा काम गरिरहेको ग्रामीण विकाश केन्द्रको पहलमा उहाँले हाते ट्याक्टरको तालिम लिनुभएको थियो । 

राजपुर–५ का मरछिया देवीले ट्याक्टर चलाउन पाउँदा खुसी लागेको बताउनुहुन्छ । “महिला पनि सक्षम छन् भन्ने देखाउन पाउँदा गर्व लाग्छ,” उहाँले भन्नुभयो,  “गाउँमा सबैले मलाई हेरेर हौसला लिन्छन् ।”

कृषि क्षेत्रमा महिलाको सहभागिता बढ्दा उत्पादनमा समेत सुधार हुने विश्वास गरिएको छ । स्थानीय तहबाट प्राप्त सहयोग, महिलामैत्री कार्यव्रmम र आधुनिक कृषि उपकरणको पहुँचले मधेशी महिलाको जीवनशैलीमा सकारात्मक परिवर्तन आउने स्थानीयले बताएका छन् । 

images
प्रकाशित मिति :बैशाख ४, २०८२ बिहिवार - ०८:३८:०३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology