काठमाडौं । सरकारले नेपाल शिक्षक महासंघले उठाएका मागहरुको यथोचित सम्बोधन गर्ने सम्बन्धमा गम्भीर रहेको जनाएको छ।
मंगलबारको मन्त्रिपरिषद्को बैठकपछि शिक्षामन्त्री विद्या भट्टराईले शिक्षकहरुसँग संवाद निरन्तर रहेको भन्दै अझै संवाद गर्न सरकार संवेदनशील र गम्भीर रहेको बताइन् । उनले यथोचित मागको सम्बोधन गर्न सरकार तयार रहेको बताउँदै
नेपाल शिक्षक महासंघको आह्वानमा भइरहेको प्रदर्शनप्रति मन्त्रिपरिषद्को गम्भीर ध्यानाकर्षण भएको बताइन् ।